जिम्मेवारीमा आएपछि अर्थमन्त्री पौडेलको अर्थतन्त्रबारे फेरियो भाषा !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
पुस १२, २०७९ मंगलबार २१:५३:४४
![](https://nepalbahas.prixacdn.net/media/albums/bishnu-paudel-1_dPH84JUFwU.jpg)
१२ पुष, काठमाडौं । सरकार बाहिर रहँदा श्रीलंकाभन्दा नजुक अवस्थामा नेपालको अर्थतन्त्र पुगेको भन्दै सरकारको कडा आलोचना गर्दै आएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेपछि देशको अर्थतन्त्र नियण्त्रणभन्दा बाहिर नगएको बताएका छन् । उनी यसअघि नेपालको अर्थतन्त्रले कर्मचारीको तलवसमेत खुवाउन नसक्ने भन्दै सरकारको आलोचना गर्नेमध्ये अग्रपंतिमा थिए ।
अहिले मन्त्रालयको जिम्मेवारी लिएको एकदिन नवित्दै उनै पौडेलले अर्थतन्त्रको अवस्था बाहिर भनिएजस्तो नियन्त्रणभन्दा बाहिर नभएकाले चिन्ता मान्नुपर्ने अवस्था नरेको बताएका छन् । खासमा हेर्ने हो भने अर्थमन्त्री पौडेलले भने जस्तो नियन्त्रणभन्दा बाहिर नगएपनि यसका बहुपक्षमा सुधारको खाचो भने देखिएको छ । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँगको भेटवार्तामा अर्थमन्त्री पौडेलले अर्थतन्त्रको अवस्थालाई लिएर आत्तिनुपर्ने अवस्था नरहेको बताएका हुन् ।
उपप्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर गएको अवस्था नभएकाले कम्जोरी देखिएका क्षेत्रको सुधार गर्न सकिने अवस्था रहेको जानकारी गराए । उनले अर्थतन्त्रको क्षेत्रगत पहिचान गरि त्यसमा आवस्यक सुधारका लागि सरकारले सबैको सुझाव अनुसार कार्यक्रम बनाउने आश्वासन दिए । महासंघका प्रतिनिधिसँग उनले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको निजी क्षेत्रमा परेका समस्या अवगराउन आग्रह गरे । पौडेलले निजि क्षेत्रको समस्याप्रति सरकार संवदेनशील बन्ने भन्दै यसका लागि सबैबाट सहयोगको अपेक्षा सरकारले गरेको बताए ।
निजी क्षेत्रका मागप्रति सरकार कति गम्भीर छ भन्ने कुरालाई निजी क्षेत्रको छाता संगठनसँगको भेटलाई दिएको प्राथमिकताले पनि स्पष्ट पार्ने भन्दै पौडेलले भने, ‘वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले अर्थतन्त्रलाई सुधार गर्न विभिन्न उपाय अपनाउने निर्णय गरेको छ । यो समस्या सम्बोधन गर्न सबैको साझा प्रयास हुनुपर्छ । सरकार सबैलाई साथ लिएर समस्याको समाधान गर्ने पक्षमा छ ।’ उनले निजी क्षेत्रलाई उच्च मनोबल बनाएर काम गर्न सुभाव दिए ।
सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पौडेलले निजी क्षेत्रको मनोबल ढल्यो भने अर्थतन्त्र पनि ढल्ने भएकाले निजि क्षेत्रले पनि मनोबललाई उच्च बनाएर काम गर्नुपर्नेमा जोड दिए । भेटमा महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्ने बताए । अर्थतन्त्रलाई चलायमान गर्न तत्काल विशेष कदम चाल्न सुझाव दिँदै उनले ब्याजदरलाई घटाएर स्थायित्व दिनुपर्नेमा जोड दिए ।
गोल्छाले तरलताको समस्या समाधान गर्नुपर्ने, लगानी घट्दै गएको अवस्थामा सुधार ल्याउनुपर्ने पर्ने अर्थतन्त्रलाई सही मार्गमा ल्याउन राज्यका विभिन्न निकायको ध्यानाकर्षण गराएको भए पनि सुनुवाइ नभएको बताए । मुलुकको अर्थतन्त्र अहिलेसम्मकै अप्ठ्यारो अवस्थामा पुगेको जिकिर गर्दै उनेले तत्काल अर्थतन्त्र सुधारको दिशामा ध्यान केन्द्रित गर्न आग्रह गरे । उनले चालू खर्च राजस्वले मात्रै धान्न सक्ने अवस्थामा देश नरहेको बताए ।
अर्थतन्त्रमा बहुुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षामार्फत् पनि समस्या सम्बोधन हुन नसकेको र विशेषगरी समग्र बंैकिङ समस्याका कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाले त्यसको अन्त्य गर्न आग्रह गर्दै भेटमा निजी क्षेत्रका प्रतिनिधिले सिमेन्ट, छड र फलामको बिक्री ह्वात्तै घटेको, दैनिक उपभोग्य वस्तुको खपत पनि घटेको, विद्युतीय उपकरणको बिक्रीमा संकुुचनका साथै पूँजीबजारमा समग्रमा ३८ प्रतिशतले गिरावट आएको अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली सरकारका सात महिनाः आयव्यय दुवै कमजोर
फागुन २, २०८१ शुक्रबार
सात महिनाको आर्थिक तथ्यांक हेर्दा पुँजीगत खर्च र राजश्व संकलनमा फेल भए अर्थमन्त्री पौडेल
फागुन २, २०८१ शुक्रबार
जनवरीमा विश्वव्यापी खाद्यान्नको मूल्य घट्यो
माघ २६, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार
स्ववियु निर्वाचनमा क्याम्पसलाई हानी–नोक्सानी हुने गरी प्रचार गर्न नपाइने
फागुन ५, २०८१ सोमबार
काठमाडौं महानगरपालिकाले छात्राबासहरुको अनुगमन गर्ने
फागुन ५, २०८१ सोमबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात
फागुन ५, २०८१ सोमबार