रुपन्देहीमा ३ हजार लालपूर्जा तयार, १८ जनाले पाए
नेपालबहस संवाददाता
पुस १२, २०७९ मंगलबार २१:५४:१२
१२ पुष, बुटवल । रुपन्देहीमा तीन हजार जनाको लालपूर्जा तयार भएको छ । त्यसमध्ये पहिलो चरणमा १८ जनाले जग्गाधनी प्रमाणपूर्जा पाएका छन् । जिल्लाभरमा एक लाख अव्यवस्थित बसोबासी रहेको तथ्यांक राष्ट्रिय भूमि आयोग रुपन्देहीले निकालेको छ ।
आयोगका अनुसार जिल्लामा अव्यवस्थित बसोबासीहरुको संख्या करिब एक लाखको हाराहारीमा छ । अहिले तीन हजार लालपूर्जा तयार भएको आयोगले जनाएको छ ।
बुटवल उपमहानगरपालिकामा एक कार्यक्रमका बीच १८ जना जग्गाधनीलाई लालपूर्जा वितरण गरिएको हो । बुटवल उपमहानगरपालिका वडा नं। १९ का १२ र मायादेवी गाउँपालिका वडा नं। ८ का ६ जना जग्गाधनीलाई पूर्जा वितरण गरिएको भूमि आयोग रुपन्देहीका अध्यक्ष आचार्यले जानकारी दिए ।
लालपूर्जा पाएपछि जग्गाधनीहरु खुशी भएको पनि आचार्यले बताए । ‘हातमा पूर्जा पर्नेबित्तिकै जग्गाधनीहरु खुशी भएका छन्, अब छिटै नै तयार भइसकेका पूर्जा वितरण गरिनेछ’ उनले भने । जिल्लाको बुटवल, देवदह, सैनामैना, कञ्चन, मायादेवी, सिद्धार्थनगरमा नापजाँच सकिएर लालपूर्जा वितरणको अन्तिम चरणमा रहेको छ । लालपूर्जा तयार भए पनि सरकारले लिने राजश्व बढी हुँदा जग्गाधनी वितरणमा कठिनाइ भइरहेको बताउँदै सरकारले राजश्वको दायरालाई कम गर्नुपर्ने स्थानीयहरूले बताएका छन् ।
राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले स्थानीय तहको सहकार्यबाट नै अव्यवस्थित जग्गाको नापजाँच भएर लालपूर्जा वितरण गर्न सफल भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार