कांग्रेस संकटबारे शेखर समूहको छलफलमा विशेष महाधिवेशनलाई प्राथमिकता

नेपालबहस संवाददाता
पुस १३, २०७९ बुधबार १९:३८:१७

१३ पुष, काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवा र उनी निकट गिरोहका कारण नेपाली कांग्रेस इतिहासकै कठिन घडीमा आइपुगेको निष्कर्षसहित कांग्रेस संस्थापन इतर समूहले विशेष महाधिवेशनका लागि थप छलफल अगाडी बढाउने भएको छ । सो समूहका नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यलय बालुवाटारमा बुधबार बिहान काठमाडौंमा उपलब्ध नेताहरुको बैठकले थप छलफल गर्दै तयारी अवस्थामा रहेने निर्णय गरेको हो ।
छलफलमा कांग्रेसको संसदीय दलको निर्वाचन पछि पार्टीमा विकसित भएका घटनाक्रम र त्यसले पार्टीमा पुर्याएको क्षतिबारे समीक्षा भएको नेता अर्जुननरसिंह केसीले नेपालबहसलाई जानकारी दिए । उनले पार्टी गम्भिर दुर्घटनामा परेको र जनताका बीचमा पनि बदनाम गराउने काम भएको भन्दै अब पार्टीमा नयाँ बहस सिर्जना गरिने बताए । केसीले कांग्रेसलाई यो अवस्थामा पुर्याउने काम नेतृत्वबाट भएको र नेतृत्व वरिपरिको अन्धभक्त गिरोहले पार्टी सभापतिको आँखामा पट्टि बाँधरे धृटराष्टको भुमिकामा राखेकाले यो संकट आइपरेको बताए ।
पार्टी र देशको महत्वपूर्ण विषयमा निर्णय गर्नुपर्दा केन्द्रीय समिति र त्यो नभए कम्तिमा पदाधिकारीसम्मलाई भएपनि बोलाएर छलफल गर्नुपर्नेमा सभापति देउवाले त्यो समेत नगरी आफ्नै हठ्मा सत्ता गठबनधनलाई भत्काउने गरी वरिपरिका अयोग्य र अन्धभक्तहरुको मात्र कुरा सुनेर पार्टीलाई शुन्यमा पुर्याएको निष्कर्ष आफुहरुको रहेको नेता केसीले बताए । अहिलेको नेतृत्व पार्टीमा रहिरहे यसले थप संकट उत्पन्न गराउने भएकाले पार्टीलाई जोगाउनका लागि पनि विशेष महाधिवेश बोलाउनै पर्ने ठहर यो समूहको छ ।
नेता केसीले भने,‘ कांग्रेस भनेर मुख देखाउन नहुने अवस्थामा सभापति जीले पार्टीलाई बदनाम गराउनु भएको छ । अब उहाँबाट पार्टी नेतृत्व सम्भव छैन । देउवाले आफु वरीपरिका भन्दा अरुलाई कांग्रेसका कार्यकर्ता नै होइनन् जसरी व्यवहार गर्नुभयो । सरकार गठन, प्रधानमन्त्री, राष्ट्रपतिबारे के भइरहेको छ । कांग्रेस कसरी अगाडी जाँदा राम्रो हुन्छ भन्ने कुरामा कसैसँग पनि राय लिनुभएन् । उहाँले खराव गिरोहको विश्वास मात्र गर्नुभयो । अब यसरी पार्टी चल्दैन । पार्टीलाई जीवन्त राख्नका लागि केही नयाँ कदम चाल्नैपर्छ । यसका लागि हामी सबै पक्षका साथीहरुसँग निरन्तर छलफल चलाउँदैछौ ।’
केसीले संसदीय दलको नेता र सभापति दुवै पदमा अविश्वासको प्रस्ताव जाने संकेत दिए । पार्टीको केन्द्रिय कार्यसमितिको बैठक बस्नु अगाडी पहिले शेखर समूहका सबै नेताहरुलाई राखेर छलफल गर्ने र देउवा पछि कुनै पक्षविपक्ष नभनी सबै केन्द्रीय समितिका सदस्यहरु र सांसदहरुसँग पनि छलफल गरेर अविश्वासको प्रस्ताव तयार गर्ने केसीको भनाइ छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसदीय दल निर्वाचनको समीक्षा र आगामी केन्द्रीय समिति बैठकका रणनीतिबारे थप छलफल गर्ने सहमतिपछि आजको छलफल सकिएको उनले बताए ।
संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध कोइराला पक्षबाट कांग्रेस महामन्त्री गगन थापाले प्रतिस्पर्धा गरेका थिए । तर थापा ३९ मत अन्तरले पराजित भए । लगत्तै कांग्रेस नेतृत्वको गठबन्धनबाट माओवादी अलग भएर एमालेसँग मिलेर सरकारको नेतृत्व गरेको छ । गठबन्धन जोगाउन नसकेको भनेर कोइराला, थापा लगायतका नेताहरुले देउवाको आलोचना गर्दै आएका छन् ।
यिनै घटनाक्रमका बीच नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक आगामी २२ गते पार्टी कार्यालय सानेपामा बोलाइएको छ । सो बैठकमा उठाउने एजेन्डाबारे कोइराला पक्षले आन्तरिक छलफल सुरु गरेको हो । बैठकमा शेखरसहित गगन थापा, धनराज गुरुङ, जीवन परियार, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, चन्द्र भण्डारी, सरिता प्रसाईं, हृदयराम थानी, दीपक गिरीलगायत नेता सहभागी भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
ललितपुरको इमाडोलमा आगलागी
फागुन १३, २०८१ मंगलबार
प्रधानमन्त्री ओली पशुपतिमा, महाशिवरात्रीमा सहज रूपमा दर्शनको व्यवस्था मिलाउन निर्देशन
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर (फोटो फिचर)
फागुन १३, २०८१ मंगलबार
स्वास्थ्य सचिवका लागि ३ जनाको नाम सिफारिस
फागुन १३, २०८१ मंगलबार
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन’ हुने
फागुन १३, २०८१ मंगलबार
छात्रवृत्तिका लागि आवेदन दिन प्रधानमन्त्री ओलीको आह्वान
फागुन १३, २०८१ मंगलबार