ज्येष्ठ नागरिकको सुख दुःख बिसाउने चौतारी दिवा सेवा केन्द्र
नेपालबहस संवाददाता
पुस १३, २०७९ बुधबार २०:३९:२४
१३ पुष, देउखुरी । दाङमा सञ्चालन भएका ज्येष्ठ नागरिक दिवा सेवा केन्द ज्येष्ठ नागरिको मन भुलााउने चौतारी बनेका छन् । घोराही–१४ का ८१ वर्षका खिमप्रसाद खनाल दैनिक सो केन्द्रमा आउछन् । त्यहाँ आफ्नै उमेरका साथी र आफन्तसँग भलाकुसारी, सुख दुख बाँड्न, भजनकीर्तन गर्न, नाच्न गाउन, कथाव्यथा सुन्न, सुनाउन उनलाई आनन्द लाग्ने गरेको बताउछन् ।
रामायण महाभारतका श्लोेक सुन्दा मनमा आन्नद आउँछ । घरमा बस्दा पट्यार लाग्ने र समय बिताउन गाह्रो भएको थियो । “केन्द्रमा आउन थालेपछि समय बितेको थाहै नहुँदो रहेछ”, उनले भने । घोराही– १७ की सुशीला अधिकारी उमेरले ८३ वसन्त पार गरिन् । उनको आजभोलि दिनचर्या फेरिएको छ । घोराही –१५को उत्साहटोलमा रहेको सो केन्द्रमा नगइ उहाँको मन मान्दैन । यहाँ पुगेपछि दःुख पीडा भुल्ने गरेको उनी बताउछिन् ।
आफ्ना कुरा सुनाउने साथीका कुरा सुन्ने नाचगान भजनकीर्तन गरेर दिन बिताउन सजिलो भएको छ । “आफूसँगैका साथीसँग भेट हुन्छ । धेरै वर्षदेखि भेट्न नपाएका साथी र आफन्तीसँग भेट हुन पाँउदा पहिलेको समयको याद आउछ”, उनले भने ।
घोराही १५ का ७६ वर्षीय नारायणकुमार शर्मालाई एकदिन पनि केन्द्र छुट्टाउन मन लाग्दैन । “केन्द्रमा पुराना साथी भेट हुन्छन्, आफ्ना दुःखसुख साट्न पाइन्छ, मलाइ त घरमा बस्न मन लाग्दैन”,उनले भने । सेवाकेन्द्र आउन थालेपछि ऊर्जा थपिएको छ । शरीर हलुङगो भएको उनले सुनाए । “आफूजस्तै साथी भेटिएपछि मन भुल्दो रहेछ, नाचगान गर्दा झनै मज्जा आउँछ”, उनको भनाइ छ ।
घोराही १४ को दिवा सेवा केन्द्रका अध्यक्ष चित्रकान्त आचार्यले २०७४ सालमा केन्द्र स्थापना भएको बताए । घोराही उपमहानगरपालिका र १४ नम्बर वडा कार्यालयको सहयोगमा हल बनेको छ । वडाले प्रत्येक वर्ष ५० हजार चिया नास्ताको व्यवस्था गरेको छ । घोराही नगरपालिकाले पनि सहयोग गरेको छ । दैनिक २५÷३० ज्येष्ठ नागरिक आउछन् । यहाँ आउनलाई कसैलाई रोकतोक छैन । जम्मा हुँनासाथै आरती गाउने, त्यसपछि भजन गाउने, गफ गर्ने, नाचगान गर्ने गरेको उनले बताए । दुई बजे चियाको व्यवस्था छ । खानेपानी, शौचालयको राम्रो व्यवस्था छ ।
आफू समानका साथीसँग भलाकुसारी गर्न पाउँदा उनी दङग छन् । उनीहरु दिवा सेवामा आएर रमाइलो गर्ने गर्छन् । घोराही १५ र १७ वडाका ज्येष्ठ नागरिक एकै स्थानमा जम्मा भएर दिन बिताउन सजिलो भएको छ । घोराही उपमहानगरपालिकाले पाँच लाखमा निर्माण गरेको दिवा सेवा केन्द्रमा दैनिक ४५ देखि ५५ ज्येष्ठ नागरिक भेला हुने गरेको केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम खनालले बताए ।
६० वर्ष नाघेका कुनैपनि ज्येष्ठ नागरिक सेवा केन्द्रमा आउन र दिनभर मन भुलाउन सक्छन्। उनीहरुलाई चिया र बिस्कुटको व्यवस्था नगरपालिकाले गरेको छ । तीन वर्षदेखि सञ्चालनमा आएको दिवासेवा केन्द्रमा भजनकीर्तनका लागि मादल, मुरली, खैजडी, मुजुरा जस्ता बाद्यवादनका सामग्री उपलब्ध छन् । ती सामग्री प्रयोग गरेर ज्येष्ठ नागरिक दैनिक भजनकीर्तन नाचगान गर्छन् । खनाल अगाडि थप्छन्, “यस केन्द्रमा विभिन्न दाताबाट टेलिभिजन र कम्प्युटर सौजन्य गरिएका छन् ।
विभिन्न किसिमका धार्मिक, ज्ञानयुक्त पुस्तक र दैनिक प्रकाशन हुने पत्रपत्रिका प्रशस्त छन् । धार्मिकग्रन्थको पाठ र प्रवचन कार्यक्रम समय तालिका अनुसार गरिन्छ । बिहान ११ देखि बेलुकी ४ बजेसम्म केन्द्रमा ज्येष्ठ नागरिकले समय बिताउछन् । उपमानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख मोतीकुमारी विश्वकर्माले १० वटा वडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा आएको बताए । उनीहरुको नगरले नियमित स्वास्थ्यपरीक्षण गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार