नेपाली कांग्रेसमा अर्को धर्म संकट, अब दल रोज्ने कि देउवा ?
केदार भट्टराई (काका)
पुस १३, २०७९ बुधबार २१:३४:४०
१३ पुष, काठमाडौं । ‘नखाउ भने दिनभरिको शिकार, खाँउ भने कान्छा बुबाको अनुहार’ । वास्तवमै यो नेपाली उखानको मर्मले नेपाली कांग्रेसका केन्द्रीय सदस्य र संसदीय दलमा रहेका सांसदहरुलाई छोएको हुनपर्दछ । नारी हठ र भजनमण्डलीको सल्लाह अनुसार देख्दा सामान्य तर, आत्मघाती हठका कारण गठबन्धन भत्किएर पार्टी राजकीय सत्ताबाट टाढा पुगेपछि आफै रक्षात्मक अवस्थामा पुगेका सभापति शेरबहादुर देउवाले यसै विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएका छन् ।
पुष २२ मा बोलाइएको केन्द्रीय समितिको बैठक सामान्य समीक्षामा मात्रै सीमित रहने अवस्था छैन । देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने आवाज देशभरबाट उठेको छ । उनले नैतिकताका आधारमा राजीनामा नदिए केन्द्रीय समितिमा अविश्वासको प्रस्ताव लगेर विशेष महाधिवेशन बोलाउने तयारी पनि पार्टी भित्रै भइरहेको छ । यो अवस्थामा केन्द्रीय समितिमा रहेका सदस्यहरुका अगाडी अब पार्टी सभापति देउवालाई राखेर नै अगाडी बढ्ने कि उनलाई हटाएर नयाँ ढंगले अगाडी जाने भन्ने निर्णयमा पुग्नुपर्ने अवस्था आउछ ।
यो अवस्थाले गर्दा धरै जसो केन्द्रीय सदस्यहरु यतिबेला धर्मसंकटमा परेका छन् । सभापति देउवाको विरुद्धमा जाउँ भने अहिलेसम्म पालन पोषण र भरथेग गर्दै आएका आफ्ना गडफादरको विरुद्धमा कसरी लाग्ने ? भन्ने एउटा प्रश्नचिन्ह खडा भएको छ भने अर्को नजााउँ भने मुख देखाएर फेरी जिल्ला र गाउँ फर्किएर जान सक्ने अवस्था छैन । देउवाको पक्षमा रहेर गाउँ फर्किएर राजनीति गर्ने वातावरण कांग्रेसका कमै मात्र कांग्रेस नेताहरुले पाउन सक्लान । कतिपयलाई पाँच वर्षपछि देखा जाला भन्ने पनि लागेको होला । तर, सभापति देउवाको पक्षमा रहेका केन्द्रीय सदस्यहरुलाई सार्वजनिक फोरममा पनि बहस गर्न असहज नै देखिन्छ ।
खासमा कांग्रेस केन्द्रीय सदस्य र संसदीय दलमा रहेका नेताहरुले यतिबेला देउवा र कोइराला भनेर फेर समउने समय भने होइन । पार्टीहित कसरी हुन्छ, आम कार्यकर्ताको माग र जनमानसलाई पनि हेरेर भविश्यका लागि समेत कुनै खालका प्रश्नहरु नआउने गरी निर्णय गर्नेतर्फ एकत्रित हुनुपर्ने हो । तर, यस्तो आँट भएका र राजनीतिमा नैतिकता देखाउन सक्ने नेता कांग्रेसमा देखिएका छैनन् । पद भए लाहा छाप कै बहुमत छ कांग्रेसमा । कांग्रेस केन्द्रीय समितिमा फेस गर्न र आफ्नो समूहको रक्षा गर्ने विषयमा सभापति देउवा पनि उस्तै समस्यामा छन् ।
हुन त सभापति देउवालाई राजनीतिक नैतिकताको अब खासै मतलव पनि छैन् । मतलव नभएपनि आफ्ना कारणले सिर्जिएको कांग्रेसभित्रको समस्याबाट रक्षात्मक अवतरणका लागि पनि उनलाई सहज छैन् । हालसालै हेर्दा केन्द्रीय समितिमा ८२ प्रतिशतभन्दा माथि र संसदीय दलमा ७१ प्रतिशतभन्दा माथि देउवाको पकड छ । यो अवस्थालाई जाेगाउन उनले हरप्रयास गर्ने छन् । उनको राजनीतिक भविश्य पनि अब खासै देखिएको छैन् । तर, आजीवन राजनीति गर्छु भनेर पार्टीमा लागेका र केन्द्रीय सदस्यदेखि सांसदसम्म भएका नेताहरुलाई भने अहिले उनीहरुले गर्ने निर्णयले दीर्घकालसम्म नै असर पार्छ ।
दुबैतिर शक्तिशाली रहेका कांग्रेस सभापति देउवा पार्टीभित्र रक्षात्मक बाटो खोजिरहेकै छन् । आफ्नै हठका कारण गठबन्धन भत्किएर पार्टी राजकीय सत्ताबाट टाढिएको पीडा अरुलाई भन्दा उनैलाई बढी छ । जे भयो त्यसको जिम्मा लिनुपर्ने आवाज सर्वत्र छ । आफैसँग सभापतिमा भिडेका नेता शेखर कोइराला र संसदीय दलमा भिडेका महामन्त्री गगन थापा उनीबिरुद्ध आक्रामक देखिएका छन् । इतरसमूहका कतिपय नेताले यसको जिम्मेवारी लिँदै सभापति र दलको नेताबाट देउवाले राजीनामा दिनुपर्नेसम्मको माग उठाएका छन् ।
प्रधानमन्त्री आफै बन्नुपर्ने अडानले सम्पूर्ण सत्ता राजनीति गुमाएका देउवा सार्वजनिक रूपमा केही बोलेका छैनन् । निकट नेताहरू पनि जिम्मेवारीलाई लिएर आरोप–प्रत्यारोपमा लागिरहेका छन् । जसले देउवालाई हठको अन्तिम विन्दुसम्म पुर्याए उनीहरुका लागि देउवा नै सर्वैसर्वा हुन् । देउवा विना उनीहरुको भावी राजनीति पानी विनाको माछा सरह छ । उनीहरुका लागि भूत र भविश्य भनेकै देउवा हुन् । तर, अब उनीहरुको रक्षा पनि देउवाका लागि महंगो बन्दै गइरहेको छ । महाधिवेशनबाट पुनः सभापतिमा चयन भएयता देउवा पहिलोपटक रक्षात्मक अवस्थामा पुगेका छन ।
४ मंसिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा पहिलो बनेको कांग्रेस देउवाको प्रधानमन्त्री बन्ने अडानका कारण अन्तिम अवस्थामा प्रमुख प्रतिपक्ष दल बन्नुपर्ने अवस्थापछि पार्टीभित्र तीव्र असन्तुष्टि छ । यसको जिम्मेवारी पार्टी सभापति देउवाले लिनुपर्ने आवाज कांग्रेसको तल्लो तहबाटै उठेको छ । उपसभापति पूर्णबहादुर खड्का पनि अहिले देउवाबाट टाढिने तरखरमा छन् । अरु पनि विकल्प खोजिरहेका छन् तर ठाउँ कतै छैन् । देउवा हठले प्रजातन्त्रमाथि नै आघात पुगेको भन्दै सर्वजनिक बहस चलिरहेका बेला विशेष महाधिवेशन बोलाउनुपर्ने गरी दवाव बढिरहेको छ ।
कांग्रेसको एक सय ३४ निर्वाचित र २३ मनोनीत गरी एक सय ५८ सदस्यीय केन्द्रीय समिति बनेको छ । अझै १० जना मनोनयनको अधिकार सभापतिलाई छ । केन्द्रीय समितिमा इतरको संख्या २८ छ । जसमा एक सय ३० संस्थापन समूहका छन् । महाधिवेशनमा निर्वाचित एक सय ३४ मध्ये महामन्त्री शर्मासहित एक सय नौजना संस्थापन समूहका थिए । २३ मनोनीतमध्ये पौडेलबाहेक दुई मात्र इतर समूहबाट मनोनीत भएका थिए । उनीहरुले अहिलेको कठिन घडीमा सभापति देउवालाई नै फेरी पनि स्वीकार गरेर अगाडी जान्छन कि बदल्ने कोसिस गर्छन भन्ने कुरा अहिले आम चासोको विषय बनेको छ ।
देउवाको अन्तर्घाती अडानका कारण अन्तिम अवस्थामा कांग्रेसले सरकारमा जाने अवसरलाई गुमाएको मात्र थिएन । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपसभामुख, राष्ट्रियसभा उपाध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभामुख, प्रदेश उपसभामुख लगायतका राजकीय सत्ताका पदहरूको प्रमुख हिस्सेदारी गुमाएसँगै कांग्रेसमा व्यापक असन्तुष्टि देखिएको छ । यसको निकास केन्द्रीय सदस्यहरुले कसरी दिन्छन् त्यो भने २२ गतेपछि मात्रै थाहा हुन्छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार