उद्योगी व्यवसायीहरुले गरे आन्दोलन स्थगित
नेपालबहस संवाददाता
पुस १३, २०७९ बुधबार २३:५३:३४
१३ पुष, काठमाडौं । राष्ट्र बैंकको विरोधमा आन्दोलनरत उद्योगी व्यवसायीहरुले आन्दोलन स्थगित गरेका छन् । ब्याजदर कम गर्नुपर्ने र चालू पुँजी कर्जा कार्यविधि कम्तीमा दुई वर्षको लागि स्थगित गर्नुपर्ने माग राख्दै देशैभर आन्दोलन गरिरहेको निजी क्षेत्र बुधबार अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा माग सम्बोधन गर्ने आश्वासन पाएपछि आन्दोलन स्थगित गरेका हुन् ।
मंगलबार बधाई दिन पुगेका निजी क्षेत्रका प्रतिनिधिसँग अर्थमन्त्री पौडेलले बुधबार आन्दोलनरत उद्योगी व्यवसायीसँग पुनः भेट गरेका थिए । भेटका क्रममा अर्थमन्त्री पौडेलले सबै माग चाँडोभन्दा चाँडो सम्बोधन गर्ने आश्वासन दिएको उद्योग वाणिज्य महासंघले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार ५ बजे आकस्मिक पत्रकार सम्मेलन गरी आन्दोलन स्थगित गरिने जानकारी दिएको छ । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको वार्ता टोलीको नेतृत्व भने पूर्वअध्यक्ष भवानी राणाले गरेकी थिइन् । अर्थमन्त्री पौडेलले विज्ञ टोलीसँग छलफल गरेर उद्योगी व्यवसायीहरुको मागको सम्बोधन हुने प्रतिवद्धता जनाएकोले आफूहरुले आन्दोलनलाई स्थागित गरेको महासंघले जनाएको छ ।
अर्थमन्त्रीले अहिलेको अर्थतन्त्रमा देखिएको समस्या समाधानका बारेमा विज्ञहरुसँग छलफल गरेपछि उद्योगी व्यवसायीलाई समेत राखेर मात्रै निर्णय गर्ने बताएका थिए । बुधबार भएको छलफलमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समेत सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
पुष ५, २०८१ शुक्रबार
हरियाणाका पूर्व मुख्यमन्त्री ओमप्रकाश चौटालाको हृदयघातका कारण निधन
पुष ५, २०८१ शुक्रबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो
पुष ५, २०८१ शुक्रबार