६ सय लेखा अधिकृतको एकसाथ सरुवा, निर्वतमान अर्थमन्त्री शर्माद्धारा करोडौं आर्थिक चलखेल भएको आशंका
नेपालबहस संवाददाता
पुस १४, २०७९ बिहिबार १६:२७:२९
१४ पुष, काठमाडौं । इतिहासकै सबैभन्दा असफल र विवादित अर्थमन्त्रीका रुपमा परिचय बनाएका जनार्दन शर्माले जाँदाजाँदै ६ सय भन्दा बढी लेखाका कर्मचारी सरुवा गरेका छन् । अर्थमन्त्रीबाट बाहिरिनु दुई अघि मात्रै उनले महालेखा नियन्त्रक कार्यालय मातहत रहेका करिब ६ सय जना कर्मचारीलाई मापदण्ड विपरित सरुवा गरेका हुन् ।
तत्कालिन अर्थमन्त्री जनार्दन शर्माको दबाबमा गत शुक्रबार ३ सय लेखापाल र २ सय ४० लेखा अधिकृत तथा ६० जना उपसचिवको सरुवा गरेको स्रोतले जनाएको छ । ‘जाँदाजाँदै उहाँले लेखापाल र लेखा अधिकृतहरुको सरुवा गर्नुभएको छ, तर यसलाई बाहिर ल्याउने भन्दा पनि गुपचुपमै रमाना दिएर पठाउने थालिएको छ’, महालेखाका एक कर्मचारीले भने । ती कर्मचारीका अनुसार यसमा करिब ४ करोड भन्दा माथिको आर्थिक चलखेल गरिएको छ ।
महालेखा नियन्त्रकको कार्यालयलाई दबाब दिएर सरुवा गरेपनि कार्यालयले आधिकारिक जानकारी गराएको छैन । ‘लेखापाल र लेखा अधिकृतको सरुवामा ठूलो आर्थिक चलखेल भएकोे छ तर बाहिर कसैले बोल्ने आँट गरेका छैनन, बुझाउनेहरु चुपचाप छन्’, स्रोतले भन्यो ।
स्रोतको अनुसार लेखापाल सरुवामा प्रति व्यक्ति ४ देखि पाँच लाख र अधिकृतको सरुवामा प्रतिव्यक्ति ५ देखि ८ लाखसम्म लिएर सरुवा गरिएको हो । ‘विकासे अड्डाबाट विकासे अड्डामा सरुवा गरिएको छ, सरुवा भएको विवरण वेभसाइटमा समेत राखिएको छैन, उनीहरु आफैले ए ग्रेड वा बी ग्रेड भन्दै कार्यालयको प्रकृति तोक्ने र पैसा निर्धारण गरेर पठाउने गरेका छन्’, कार्यालयका एक कर्मचारीले भने । उनका अनुसार तत्कालिन अर्थमन्त्री जनार्दन शर्माको प्रत्यक्ष दबाबमा सरुवा गरिएको र त्यसमा माओवादी निकट रहेका कर्मचारीहरुको संलग्नता रहेको पनि स्रोतले जनाएको छ । ‘लेखाका कर्मचारी सरुवा गर्दा लेखाका कर्मचारी सरुवा मापदण्ड पूर्णत उल्लंघन गरिएको छ’, महालेखा नियन्त्रक कार्यालयका कर्मचारीले भने । स्रोतका अनुसार जनार्दन शर्माका आफन्त र माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठनका इन्द्र गौतममार्फत आर्थिक संकलन गरी बुझाइएको थियो ।
त्यसमार्फत सरुवामा सधैं आकर्षक कार्यालयमा बसेकालाई नै पुनः आकर्षक अयाेजना र कार्यालयमा सरुवा गरेको स्रोतले जनाएको छ । महालेखाको सरुवामा दररेट तोकेर ४ करोडकै हाराहारीमा संकलन गरेको स्रोतले जनाएको छ । इन्द्र गौतमले लेखा समूहका उपसचिवसँग भने मोलमोलाई गरी न्यूनतम १० देखि कार्यालय र आयोजनाको बजेट हेरी २० लाखसम्म उठाएको दावी छ ।
‘तत्कालिन अर्थमन्त्रीको सल्लाह र दबाब लिएर आउने उनै गौतम हुन उनले नै सबै कर्मचारीसँग मोलमाेलाई गर्ने गरेका थिए, त्यसमा केही एमालेका नेताहरुलाई पनि रिझाइएको पाइएको छ, यसमा एमाले समर्थित कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला लगायतका कर्मचारीहरुलाई पनि भाग पुर्याएका कारण नबोलेको आशंका छ’, त्यहाँका एक कर्मचारीले भने । कोइराला भने सिभिल अस्पतालमा सरुवा भएर गएको स्रोतको दावी छ ।
लेखा समूहका कर्मचारीको सरुवा विवादमा परेपछि महालेखा नियन्त्रक हरिप्रसाद मैनाली भने कार्यालयमा नआउने र मोबाएल स्वीच अफ गरेर बस्ने गरेको कर्मचारीहरुले आरोप लगाएका छन् । उनीहरु सरुवा विरुद्ध हालै नियुक्त भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई जनाकारी गराएर मापदण्ड विपरित भएको सरुवालाई रोक्ने पक्षमा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
संसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
चीनमा खाद्य सुरक्षा कानुन लागु
जेठ १९, २०८१ शनिबार
नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने
जेठ १९, २०८१ शनिबार
माछापुच्छ्रे बैंकद्धारा सल्यानको विद्यालयमा खानेपानी ट्याङ्की निर्माण
जेठ १९, २०८१ शनिबार
काठमाडौं महानगरले करारमा २४१ नगर प्रहरी भर्ना गर्दै
जेठ १९, २०८१ शनिबार