शक्तिको आडमा फेरि बीओपी फर्के इन्सपेक्टर रामहरी श्रेष्ठ
नेपालबहस संवाददाता
पुस १४, २०७९ बिहिबार १८:३८:५
१४ पुष, काठमाडौं । आर्थिक अनियमितता र सीमा सुरक्षामा लापरवाही गरेको आरोपमा सशस्त्र प्रहरी मूख्यालय तानिएका एक प्रहरी निरीक्षक शक्तिकेन्द्र प्रयोग गरेर पुन बीओपी फर्कन सफल भएका छन् ।
कर्मचारी प्रशासन तथा प्रबन्ध शाखामा रहेका एसएसपी दीपेन्द्र कुँवरको आडमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाको दवावले सशस्त्र प्रहरीका बीओपी भुजहवा पश्चिम नवलपरासीका इन्सपेक्टर रामहरी श्रेष्ठ पुनः बीओपी फर्कन सफल भएका हुन् । सशस्त्र प्रहरी बलका आईजीपीले भानु देउवाको दबाब थेग्न नसकेर उनलाई त्यहाँ फिर्ता गरेको सशस्त्र प्रहरी स्रोतले बतायो ।
केही दिनअघि तीनजना एसपी सँगै अन्य दुई इन्सपेक्टर समेत मुख्यालय तानिएका थिए । तर लामो समय पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको आधारमा श्रेष्ठ मात्र बीओपी फर्कन सफल भएका हुन् । तर अन्य अधिकृत भने अझै मुख्यालयमै छन् । उनीहरु फर्कने नफर्कने कुनै निर्णय भएको छैन । भुजहवा बीओपीका कमान्डर श्रेष्ठ भने शक्तिको आडमा फर्कन सफल भएका हुन् । सरकार परिवर्तन हुनु २ दिन अघि मात्र मुख्यालयलाई दवाव दिएर उनी बीओपी फर्कन सफल भएको स्रोतको दावी छ ।
गत हप्ता त्यहाँ फर्केपछि इन्स्पेक्टर श्रेष्ठले पुरानो धन्दालाई निरन्तरता दिएको स्रोतको दावी छ । ‘ अब मलाई कसैले पनि हल्लाउन सक्दैनन, आईजीपीले नै पठाएको हो’, उनले मातहत निकायमा भन्न थालेका छन् । सो नाकाबाट हरियो केराउको व्यापक तस्करी हुने गरेको छ ।
सोही जिल्लाको बलिनगर र महेशपुर बीओपीबाट पनि तस्करी भइरहेको श्रोतको दावी छ । बलिनगरमा इन्सपेक्टर सुनिल गिरि र महेशपुरबाट इन्सपेक्टर सुरेन्द्र बोहोरा कमाउधन्दामा लागेका छन् । उनीहरुको बारेमा पनि सशस्त्र प्रहरी मूख्यालयले निगरानी राखिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार