कुन समूहमा जालान महामन्त्री शर्मा र केन्द्रीय सदस्य पौडेल ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
पुस १४, २०७९ बिहिबार १८:५५:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/thumb-6_7q7rPDfoQx.jpg)
१४ पुष, काठमाडौं । प्रधानमन्त्रीमा शेरबहादुर देउवाको अडानले राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्मका शासकीय पद गुमाउन पुगेको नेपाली कांग्रेसमा यतिबेला कित्ताकाट छलफल माैलाएको छ । संस्थापन समूह र इतरसमूह आगामी केन्द्रीय समितिको बैठकमा राख्ने एजेण्डका विषयमा आ-आफ्ना रणनीतिहरु बनाइरहेका छन् । कोइराला समूहले बुधबार आफु पक्षका सबै तहका नेताहरुलाई भेला गराएर साझा कार्यक्रम बनाएर केन्द्रीय समितिमा लैजाने निर्णय नै गरिसकेको छ ।
संस्थापन समूह पनि कांग्रेसलाई यो अवस्थामा पुर्याउन कारक बनेका पार्टी सभापति देउवाको बचाउका लागि रक्षात्मक रणनीति बनाउँदै इतरसमूहका कमीकमजाेरीको खाेजीमा व्यस्त छ । तर, संसदीय दलको निर्वाचनमा इतरसमूका गगन थापालाई सघाएका महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल इतर समूहमा महामन्त्री पौडेलको उपस्थिति कतै पनि देखिएको छैन् । संसदीय दलको निर्वाचन अघिसम्म शर्मा र पौडेल संस्थापन समूहमै थिए ।
महामन्त्री शर्मा पहिले देखिनै सभापति देउवा निकट थिए । तर, १४ औ महाधिवेशनमा उनले क्याम्प परिवर्तन गरेर महामन्त्री जितेका थिए । त्यसपछि गगन थापाको प्रधानमन्त्री बन्ने चाहनामा सहमति जनाउँदै आएका उनले संसदीय दलको चुनावमा थापाका प्रस्तावक बनेका थिए । उनी प्रस्तावक भएपछि यसै समूहमा आएको अनुमान गरिएको थियो । तर, शर्मा अहिलेसम्म खुलेका छैनन् ।
सुरुमा सिटौला समूहमा रहेका केन्द्रीय सदस्य प्रदीप पौडेल पनि १४ औँ महाधिवेशनमा देउवा समूहसँगै मिसिन पुगेका थिए । यसै अनुसार उनले यो पटक प्रतिनिधिसभाको टिकट पनि पाएका थिए । पौडेल पनि संसदीय दलको निर्वाचनमा देउवालाई सघाउन छाडेर इतरसमूहका उम्मेदवार गगन थापालाई सघाउन आइपुगेका थिए । उनको आगमनसँगै कांग्रेसमा युवाशक्ति एकीकृत भएर आएको भन्दै अब पाार्टी पद्धतिमा केही रुपान्तरण आउने अपेक्षा धेरैले गरेका थिए ।
संसदीय दलमा इतरसमूहका उम्मेदवार थापाले आफ्नै समूहको समेत मत नपाएपछि विभ्भिन आशंकाहरु पनि गरिएका हुन् । तर, यस विषयले थप चर्चा पाउने स्थिति आएन । सरकार गठनको विवषय चलिरहेका बेला सत्ता गठबन्धन भाँडिएपछि कांग्रेसमा अर्कै मारामारी सुरु भयो । संसदीय दलमा सघाएका महामन्त्री शर्मा र पौडेल इतर समूहको बुधबारको बैठकमा उपस्थित भएनन् । छलफलका लागि यी दुवै नेतालााई खबर भने गरिएको थियो ।
संसदीय दलको निर्वाचनमा इतरको कित्तामा उभिएसँगै इतरको महत्वपूर्ण निर्णय प्रक्रियामा नेताद्वयको उपस्थिति चासोको विषय बनेको थियो । बैठकमा सबैलाई जानकारी नगरिएकाले पनि उनीहरु नआएको भनिएपनि खबर भने गरिएको एक नेताले बताए । सामान्य छलफल मात्रै भएकाले उनीहरु नआएको बताउँदै कांग्रेस नेता अर्जुननरसिंह केसीले भने,‘अब बस्ने बैठकमा व्यापक छलफल र रणनीति तय हुन्छ । त्यो बैठकमा उहाँहरूको उपस्थिति रहनेछ ।’
पुष २२ गते सभापति देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छन् । यो बैठकमा दुवै समूहका छुट्टाछुट्टै तयारी भइरहेका छन् ।संस्थापन पक्षका केही नेतासहित इतरसमूहले सभापतिमाथि अविश्वासको प्रस्ताव लाने तयारी गरेको छ भने संस्थापन पक्ष रक्षात्मक रणनीति बनाइरहेको छ । यो अवस्थामा शर्मा र पौडेलको भूमिका कस्तो र कुन समूह लक्षित हुन्छ भन्ने जिज्ञासा कांग्रेस कार्यकर्तामा देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार