गृह मन्त्रालयद्वारा सुरक्षा निकायका अधिकारीलाई प्रतिबन्धात्मक निर्देशन

नेपालबहस संवाददाता
पुस १४, २०७९ बिहिबार १९:२९:५५

१४ पुष, काठमाडौं । गृह मन्त्रालयले स्वीकृतिबिना सुरक्षा निकायका सबै पदाधिकारीलाई राजनीतिक दलका नेता र कूटनीतिक नियोगका अधिकारीहरुसँग भट गर्न प्रतिबन्ध लगाएको छ । मन्त्रालयले स्पष्ट प्रयोजनका साथै विभागीय स्वीकृति नलिइकन राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका नेतृत्वसँग भेटघाट नगर्न सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन दिँदै यस्तो प्रतिवन्ध लगाएको हो ।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलले बिहीबार विज्ञाप्ति जारी गर्दै यस्तो निर्देशनविपरीत कार्य गरे/गराएको पाइएमा प्रचलित कानुनबमोजिम अनुशासनसम्बन्धी कारबाही हुने जनाएका छन् । सुरक्षा अधिकारीहरुले सरुवा बढुवाका लागि नेताहरुका घर धाउने, आफ्नो पदीय जिम्मेवारी भन्दा अन्य कामका लागि लबिङ गर्ने गर्छन् । यसलाई नियन्त्रण गर्नका लागि गृहरले यस्तो निर्देशन दिएको हो ।
विज्ञप्तिमा भनिएको छ, ’शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कूटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीहरूले कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन साथ विभागीय स्वीकृति लिएर मात्र गर्नु गराउनु हुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन हुन अनुरोध छ । साथै यस निर्देशनविपरीत कार्य गरे÷गराएको पाइएमा प्रचलित कानुनबमोजिम अनुशासनसम्बन्धी कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपालमा
फागुन १३, २०८१ मंगलबार
सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब
फागुन ११, २०८१ आइतबार
पृतनापति समन्वयात्मक बैठक सुरु
फागुन ८, २०८१ बिहिबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीः पशुपतिमा बिहान २ बजेदेखि चारै ढोका खुला गरिने
फागुन १३, २०८१ मंगलबार
भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपालमा
फागुन १३, २०८१ मंगलबार
भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स फाइनलमा
फागुन १३, २०८१ मंगलबार