सशस्त्र प्रहरीद्वारा २९ लाखभन्दा बढी मूल्यको भन्सार छलीकाे सामान बरामद
नेपालबहस संवाददाता
पुस १४, २०७९ बिहिबार २०:९:२८
१४ पुष, सिरहा । सशस्त्र प्रहरी बलले सिराहाका विभिन्न स्थानबाट करिब २९ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको विभिन्न किसिका लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाले लुकाई छिपाई राखेको अवस्थामा बुधबार उल्लेखित मूल्य बराबरको लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको हो ।
सिरहाको नवराजपुर गाउँपालिका–५ मेनहा बस्ने सञ्जय महतोको जस्तापाताले छाएको टहरामा लुकाई राखेको अवस्थामा १६ लाख २२ हजार चार सय रुपैयाँ बराबरको लत्ताकपडा र अगरबत्तीको धुलो बरामद गरी सिरहा भन्सार कार्यालय मार्डरमा बुझाइएको छ ।
सोही गाउँपालिका–५ झाँझपट्टी बस्ने विनोद यादवको घर नजिकै लुकाई छिपाई राखेको पाँच लाख रुपैयाँ बराबरको एक सय २० बोरा अगरबत्तीको धुलो समेत बरामद भएको छ ।
सशस्त्र प्रहरीले सोही ठाउँकै मेनहा बस्ने ब्रहमदेव महतोको जस्ताले बनाएको टहरोमा पाँच लाख ५० हजार रुपैयाँ बराबरको एक सय ६० बोरा अगरबत्तीको धुलो र सोही गाउँपालिका–३ जगतपुर बस्ने शिवनारायण यादवको आँगनमा लुकाई राखेको अवस्थामा दुई लाख ५० हजार रुपैयाँ बराबरको ७२ बोरा अगरबत्तीको धुलो समेत बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय लैजाने क्रममा स्थानीयले ढुंगा हान्दा सशस्त्र प्रहरीको बा१ग २०५५ नम्बरको ट्रकमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सरकारले फिर्ता लियो भाषा विधेयक
माघ ११, २०८१ शुक्रबार
एक महिना पछि कटहरिया नगरपालिकाको ताला खुल्याे
माघ ११, २०८१ शुक्रबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार