सुकुम्बासी बस्ती हटाउन बालेनको अर्को एक्सन, सुरक्षा माग्दै गृहलाई महानगरको पत्र

नेपालबहस संवाददाता
पुस १४, २०७९ बिहिबार २२:१८:५९

१४ पुष, काठमाडौं । सत्ता नेतृत्वमा रहेका दलसँग सामाजिक सञ्जालमा दोहोरी खेलिरहेका काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले सुकुम्बासी बस्तीमा अर्को एक्सनको तयारी गरेका छन् । उनले अव्यवस्थित बस्ती हटाएरै छाड्ने अठोट लिँदै नयाँ नेतृत्व पाएको गृहमन्त्रालयलाई सुरक्षाका लागि पत्र पठाएका छन् । महनगरको पत्रले गृहमा पनि हलचल मच्चाएको छ ।
मेयर शाहले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन सुरक्षा निकायको सहयोग मागेका छन् । उनको निर्देशनपछि बुधबार महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले गृह मन्त्रालयलाई पत्र लेख्दै आवश्यक सहयोगका लागि आग्रह गरेका छन् । पत्रमा आवश्यक सुरक्षाकर्मी पठाउन भनिएको छ ।
महानगरको पत्रमा भनिएको छ,‘थापाथलीस्थित वाग्मती नदी किनारमा अनाधिकृत रूपमा निर्माण भएका संरचनाहरू हटाउन पटक–पटक प्रयास भएको व्यहोरा विदितै छ । यस महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ । जसको लागि तहाँमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय हुन अनुरोध गरिन्छ ।’
यसअघि, सो बस्ती हटाउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले महानगरलाई अनुरोध गरेको थियो । त्यसपछि महानगरले बस्तीमा डोजर चलाउने प्रयास गर्दा सुकुम्बासीले ढुंगामुढा गरेका थिए । नगर प्रहरीमाथि आक्रमण गरिँदा एसपी राजुनाथ पाण्डेसहित ३६ नगर प्रहरी घाइते भएका थिए । सो समयमा सुरक्षा निकायको सहयोग नपाएकाले हटाउन नसकेको महानगरले गुनासो गरेको थियो ।
सुकुम्बासी बस्तीमा डोजर चलाएर सरकारले आतंक मच्चाएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोध जनाएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सुकुम्बासी समस्याको विषयमा एमालेका अध्यक्ष ओलीलाई आफू दुईतिहाइ सरकारको प्रधानमन्त्री हुँदा सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन भन्दै ओलीलाई प्रश्न गरेका थिए । अहिले ओली सरकारको हर्ता कर्ता छन् ।
बालेनले भनेका थिए, ‘२०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौँको सुकुम्बासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुइतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । तपाइलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाइको नेतृत्वमा लुँहिटी (सुन्धारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ?यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाइले विरोध गर्नु असामान्य होइन।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकरिब ३३ हजार वर्गमिटरमा ढुंगा विछ्याउँदै छ काठमाडौं महानगर
फागुन ९, २०८१ शुक्रबार
लदी पर्वमा माझी समुदायलाई सार्वजनिक बिदा
फागुन ९, २०८१ शुक्रबार
बागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो
माघ २६, २०८१ शनिबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
आज महाशिवरात्री, भगवान शिवको पूजा गरी मनाइँदै
फागुन १४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १४, २०८१ बुधबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीः पशुपतिमा बिहान २ बजेदेखि चारै ढोका खुला गरिने
फागुन १३, २०८१ मंगलबार
भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपालमा
फागुन १३, २०८१ मंगलबार