न्यूनतम साझा कार्यक्रमबारे प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल
नेपालबहस संवाददाता
पुस १५, २०७९ शुक्रबार १५:५७:५७
१५ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको बताइएको छ ।
बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन गरेको थियो । सोही बैठकले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्ने निर्णयसमेत गरेको थियो । बिहीबारको बैठकले गठन गरेको संयन्त्रमा सत्ता गठबन्धनका शीर्ष नेताहरू रहेका छन् । संयन्त्रले आवश्यकताअनुसार सरकारलाई मार्गनिर्देशनसमेत गर्न सक्ने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।
सत्तारूढ दलले एमाले उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा साझा न्यूनतम कार्यक्रमको मस्यौदा समिति पनि बनाएका छन् । समितिका सदस्यहरूमा माओवादीबाट वर्षमान पुन, राप्रपाबाट धवलशमशेर राणा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल सदस्य छन् । जसपाले नाम टुंगो लगाउन बाँकी छ । पाँच दल एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाबाट मात्रै प्रतिनिधित्व रहे पनि समितिले सरकारलाई समर्थन गरेका अन्य दलको सुझाव लिएर काम गर्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । सरकारलाई समर्थन गरेका मध्ये जनमत र नागरिक उन्मुक्ति पार्टीको समितिमा प्रतिनिधित्व छैन । समितिमा नराखेकामा उनीहरूको असन्तुष्टि रहेको स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका मुद्दा थाती राखेर सरकार साझा न्यूनतम कार्यक्रम बनाउन जुटेको हो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार समितिले पाँच दिनभित्र साझा न्यूनतम कार्यक्रमको मस्यौदा तयार गर्नेछ । कुनै राजनीतिक–वैचारिक आधारबिनै नाटकीय रूपमा विकसित घटनाक्रमबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन भएकाले सत्ता साझेदार दलहरू फरक–फरक वैचारिक, राजनीतिक पृष्ठभूमिका छन् ।
सरकारमा गणतन्त्रवादीदेखि राजतन्त्रको पक्षपातीसम्म, संघीयता पक्षधरदेखि यसको विरोधीसम्म र पुरानादेखि हालैको निर्वाचनमा उदाएका नयाँ दलसम्मको सरकारमा सहभागिता र समर्थन छ । त्यसैले साझा न्यूनतम कार्यक्रममा सबैका एजेन्डा समेट्न गाह्रो हुने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार