सुदूरपश्चिम प्रदेशमा शपथ हुँदै, ६ जनाले भातृ भाषामा शपथ लिने
नेपालबहस संवाददाता
पुस १५, २०७९ शुक्रबार १७:५३:२३
१५ पुष, धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्यको शपथ ग्रहण आज हुँदैछ । प्रदेशसभाको ज्येष्ठ सदस्यका हैसियतमा प्रदेश सांसद मानबहादुर रावलले अन्य ५२ जना सांसदहरुलाई शपथ गराउने भएका छन् । रावलले हिजै प्रदेश प्रमुख देवराज जोशीबाट शपथ लिइसकेका छन् । रावल अछाम १ (२) बाट निर्वाचित सांसद हुन् ।
बाँकी सांसदलाई रावलले शुक्रबार दिउँसो १ बजे सभा भवनमा पद तथा गोपनयिताको शपथ खुवाउँदैछन् । शपथपछि पनि सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेलसम्म राउवले नै कार्यवाहक सभामुख भएर बैठकको अध्यक्षता तथा सभा बैठक सञ्चालन रावलले गर्नेछन् ।
नागरिक उन्मुक्ति पार्टीका ५ जना र नेपाली कांग्रेसकी समानुपातिक प्रदेश सभा सदस्य गीता चौधरीले मातृ भाषामा शपथ ग्रहणका लागि नाम टिपाएको प्रदेश सभा सचिवालयले जनाएको छ।
सुदूरपश्चिममा ३२ प्रत्यक्ष र २१ समानुपातिक गरेर ५३ सांसद छन् । जसमध्ये कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी)का ४, राप्रपाका १ र १ जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार