इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानप्रति नेपालीहरूको आकर्षण बढ्दै
नेपालबहस संवाददाता
पुस १५, २०७९ शुक्रबार १८:४२:१३
१५ पुष, काठमाडौं । विश्वका दुईसय भन्दा धेरै मुलुकबाट रेमिट्यान्स भित्राउँदै आएको नेपालको सबै भन्दा ठुलो डिजिटल रेमिट्यान्स् कम्पनी इसेवा मनी ट्रान्सफरले आयोजना गरेको ‘मेरो डिजिटल देश’ अभियानप्रति नेपालीहरूको आकर्षण बढ्दै गएको छ ।
वैधानिक माध्यमबाट आउने रेमिट्यान्स प्रवर्दनका लागि इसेवा मनी ट्रान्सफरले यो अभियान सुरू गरेको थियो । हाल यस अभियानमा विदेशमा रहनुभएका नेपालीहरुको उत्साहजनक सहभागीता रहेको छ । नेपालीहरू हरेक दिन यस अभियानमा जोडिँदै जानेक्रम बढ्दो छ । यो अभियान आगामी चैत्र ६ गतेसम्म सञ्चालनमा रहने छ ।
यस अभियान अन्तर्गत संसारका कुनै पनि मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा ६५ लाखभन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सकिने छ । साथै, विदेशबाट आएको नगद रेमिट्यान्स इसेवा वालेटमा प्राप्त गरेर पनि यस अभियानमा सहभागी हुन सकिनेछ । यस अभियानमा सहभागी भइ इसेवा मनि ट्रान्सफर मार्फत रकम पठाउँदा हरेक महिना एक जनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्नेछन ।
“आर्थिक बिकास बिना कुनैपनि राष्ट्र सम्मुनत बन्न नसक्ने भन्दै आर्थिक विकासका लागि देशभित्र र बाहिर रहेका नेपालीको योगदान पनि उत्तिनै महत्त्वपूर्ण हुने हुनाले इसेवा मनी ट्रान्स्फरले यस अभियान सञ्चालन गरेको हो । मेरो डिजिटल देश अभियान मार्फत विदेशमा रहेका समस्त नेपालीहरुलाई डिजिटल र वैधानिक माध्यमबाट देशमा रेमिट्यान्स पठाएर देशको आर्थिक उन्नतीमा योगदान पुर्याउन यस अभियानले मद्दत पुर्याउने इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत, अजेश कोइरालाको भनाइ छ ।
यस अभियानमा महानायक राजेश हमाल पनि जोडिनुभएको छ । हमालले यस अभियानसँग जोडिएर देश तथा विदेशमा गई डिजिटल रेमिट्यान्स सम्बन्धी जागरुकता जगाउने कार्यमा शक्रियता जगाएका छन । उनले केहीदिन अघि मात्र करिब ४ लाख नेपाली रहेको युएईमा गइ यस अभियानको प्रवर्धन गरेका थिए । यसैगरी नेपाली सिनेजगतकी चर्चित नायिका स्वस्तिमा खड्काले पनि यस अभियानको प्रचार–प्रसारमा क्रियाशील रहेका छन । सोही क्रममा उनले हालसम्म हरेक महिना पाइने आकर्षक उपहार अन्तरगत दुइ जनालाई घरसम्मै पुगेर आकर्षक उपहार समेत प्रदान गरिसकेका छन ।
इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरले सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १,००,००० भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार