नेपाल टी-२० खेलमा लुम्बिनीको लगातार पाँचौं जित
नेपालबहस संवाददाता
पुस १५, २०७९ शुक्रबार १९:१३:४६
१५ पुष, काठमाडाैं । काठमाडौं नाइट्सलाई हराउँदै लुम्बिनी अलस्टार्सले हराउँदै पाँचौं जित निकालेको छ ।काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी–२० खेलअन्तर्गत शुक्रबार भएको खेलमा लुम्बिनीले काठमाडौंलाई ३५ रनले पराजित गरेको हो । यो जितसँगै लुम्बिनीले जारी लिगमा लगातार पाँचौं जित निकालेको हो ।
लुम्बिनीले दिएको १५१ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन जोडेर पराजयको सामना गरेको हो ।
काठमाडौंका लागि अज्मतुल्लाह ओमारजाईले सर्वाधिक ३८, सुमन गौतमले १८, एलेक्स ब्लेकले ११ र वसिर अहमदले १० रन जोड्दा कमल ऐरी १९ रनमा अविजित रहे ।
लुम्बिनीको जितमा उत्कृष्ट बलिङ गर्दै हर्मितसिंहले ४ ओभरमा १ मेडन राख्दै ७ रन खर्चिएर तीन विकेट लिए । किसोर महत्तो, सेड्ली भान स्केल्कवेक, तिलक भण्डारी र ह्यारि टेकटरले समान एक एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५० रन जोडेको थियो । लुम्बिनीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४०, लाहिरु मिलन्था २५, कुशल भुर्तेलले १९, अनिल शाह १३ हर्मितसिंहले १२ जोड्दा सेड्ली भान स्केल्कवेक २१ रनमा अविजित रहे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्जुन ट्रफिको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वानमा हुने
माघ ११, २०८१ शुक्रबार
अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालको सान्तवना जीत
माघ ११, २०८१ शुक्रबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार