सरकारको ‘सौतेनी व्यवहार’विरुद्ध लडने प्याब्सनको लाइन
नेपालबहस संवाददाता
पुस १५, २०७९ शुक्रबार २०:९:३४
१५ पुष, महोत्तरी । निजी तथा आवासीय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले सरकारले ‘सौतेनी’ व्यवहार गरेको भन्दै त्यसविरुद्ध लड्ने बताएको छ । बर्दिबासमा सुरू भएको मधेश प्रदेशको भेलामा सहभागीहरुले यस्तो बताएका छन् ।
प्याब्सनअन्तर्गत रहेका मधेस प्रदेशका निजी विद्यालयलाई कसरी थप व्यवस्थित र गुणस्तरीय बनाउने भन्ने बिषयमा बिहीबारदेखि बर्दिवासमा भेला सुरू भएको छ । भेला शनिबारसम्म चल्ने प्याब्सनका केन्द्रीय सदस्य दिपक रायमाझीले जानकारी दिए ।
मधेस प्रदेशमा प्याब्सनअन्तर्गतका ७११ वटा निजी विद्यालय छन । यी विद्यालयमा एक लाख विद्यार्थी अध्ययन गरिरहेका छन्र भने तीन हजार शिक्षकहरुले प्रत्यक्ष रोजगार पाएका छन्। झण्डै तीन सय कर्मचारीसमेत कार्यरत रहेका यी विद्यालयमा गुणस्तरीयतालाई थप गतिशील बनाउने अभियानअन्तर्गत भेला बसिरहेको प्याब्सन मधेस प्रदेशका अध्यक्ष दिपक रेग्मीले जानकारी दिए ।
शिक्षकहरूको समेत वृत्तिविकासलाई ध्यानमा राख्दै नेतृत्व विकास तालिमसमेत दिइएको छ । भेलाले नयाँ कार्यायोजना बनाएर तिनै तहका सरकारलाई ध्यानाकर्षण गराउने भएको छ ।
निजी र सामुदायिक विद्यालयबीच सौतेनी व्यवहार भइरहेको बताउदै अर्का केन्द्रीय सदस्य नरेन्द्र शर्माले यही विषयमा अदालतमा मुद्दा समेत लडिरहेको वताए । उनले भने, ‘हाम्रा विद्यार्थीहरुले सरकारी छात्रवृत्ति नपाउने र सरकारी विद्यालय अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नु वास्तवमै भेदभाव र सौतेनी व्यवहार भइरहेको छ,’ उनले भने । प्रदेशको समस्या पहिचान गरी भेलावाटै गहन बहस र छलफल गर्ने अध्यक्ष रेग्मीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सरकारले फिर्ता लियो भाषा विधेयक
माघ ११, २०८१ शुक्रबार
एक महिना पछि कटहरिया नगरपालिकाको ताला खुल्याे
माघ ११, २०८१ शुक्रबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार