सुदूरपश्चिम प्रदेश सांसदले लिए शपथ
नेपालबहस संवाददाता
पुस १५, २०७९ शुक्रबार २१:९:१०
१५ पुष, धनगढी । सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार दिउँसाे १ बजे प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले उनीहरूले शपथ लिएका हुन् । पहिले रावललाई प्रदेश प्रमुख देवराज जोशीले कार्यालयमै शपथ खुवाएका थिए ।
त्यसलगत्तै प्रदेशसभा सदस्यलाई सुदूरपश्चिम प्रदेश सभामा शपथ गराइएको हो । प्रदेश प्रमुखबाट शपथ खाएका ज्येष्ठ सदस्य रावलले प्रदेश सभाका बाँकी ५२ जना सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शपथपछि प्रदेशसभा सचिवालयले चियापनको अयोजना गरेको थियो । सुरदूरपश्चिममा ५३ सदस्य छन् ।
६ जनाकाे शपथ मातृ भाषा र माैलिक पहिरनमा
मंसिर ४ गते सम्पन्न प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्यमध्ये ६ जनाले मातृ भाषा र स्थानीय पहिरनमा शपथ लिएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित पाँच जना तथा नेपाली कांग्रेसबाट निर्वाचित एक जना सदस्यले मातृ भाषामा शपथ लगेका हुन् ।
मातृभाषमा शपथ लिनेमा कैलाली क्षेत्र नम्बर १ प्रदेशसभा १ बाट निर्वाचित कैलाश चौधरी, प्रदेशसभा २ का लक्ष्मण किशोर चौधरी, निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा २ का रामेश्वर चौधरी, निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा १ का घनश्याम चौधरी र २ का खुशी राम डगौरा थारूसँगै कांग्रेसबाट समानुपातिक तर्फबाट निर्वाचित कञ्चनपुरकी गीताकुमारी चौधरीले स्थानीय भाषाका लागि निवेदन दिएको उनले बताए ।
उनीहरुमध्ये एक सांसद चप्पलमा सहभागी भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
यु–१९ एकदिवसीय क्रिकेटः हङकङविरुद्धको शृङ्खलामा नेपालको ‘क्लिनस्विप’
पुष ५, २०८१ शुक्रबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
दाङमा बस र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
पुष ५, २०८१ शुक्रबार
नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार