मानव बेचबिखन रोकथाम गर्न अन्तरदेशीय संयन्त्र निर्माणमा जोड
नेपालबहस संवाददाता
पुस १५, २०७९ शुक्रबार २१:४७:२९
१५ पुष, नेपालगञ्ज । नेपाल–भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुले मानव बेचबिखन रोकथामका लागि अन्तरदेशीय संयन्त्र निर्माणमा जोड दिएका छन् ।
माइती नेपालले यहाँ आयोजना गरेको मानव बेचबिखनविरुद्धको कार्यशालामा दुवै देशका सुरक्षा अधिकारीले मानव बेचबिखनविरुद्धको लडाइँका लागि अन्तरदेशीय संयन्त्र निर्माण अहिलेको आवश्यकता भएको बताए ।
उनीहरुले मानव बेचबिखन दुवै देशको साझा समस्या भएकाले त्यसको रोकथामका लागि स्थानीयस्तरदेखि नै दुवै देश मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । दुवै देशका सुरक्षा अधिकारी, स्थानीय सरकार, गैरसरकारी सङ्घसंस्थाबीचमा मानवबेचबिखनविरुद्धको कामका लागि प्रभावकारी संयन्त्र आवश्यक हुने र सो संयन्त्रले दुई देशबीच सही सूचना आदानप्रदान हुनाका साथै पीडितको उद्धार तथा बेचबिखन हुनबाट रोकथाम गर्न सकिने सरोकारवालाले बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले खुल्ला नाकाका कारण मानव बेचबिखन रोकथाम चुनौतीपूर्ण रहेकाले दुवै देशका सुरक्षा अधिकारी, स्थानीय सरकार र सङ्घसंस्था मिलेर अघि बढ्नुपर्ने बताए ।
बाँकेका प्रजिअ सूर्यबहादुर खत्रीले मानव बेचबिखनको मुद्धा दुई देशको अन्तरदेशीय सुरक्षा अधिकारीको बैठकमा प्रमुख रुपमा उठ्ने गरेको जानकारी दिँदै यो समस्या दुवै देशको साझा भएकाले चनाखो हुनुपर्नेमा जोड दिए । उनले मानव बेचबिखन भारतमा मात्रै नभएर भारत हुँदै तेस्रो मुलुकमा समेत भइरहेकाले भारतले यस विषयमा सहयोग गर्नुपर्ने उल्लेख गरे ।
भारतको एसएसबी ४२ नं बटालियनका कमान्डेड तपनकुमार दासले मानव बेचबिखन रोकथामका लागि ह्वाट्सअप समूह बनाएर प्रभावकारी रुपमा काम गर्न सकिने बताए । उनले यो विषय विद्यालयस्तरमा मानवबेचबिखनविरुद्ध अध्यापन गराउनुपर्नेमा जोड दिए । माइती नेपालका प्रमुख केशव कोइरालाले मानव बेचबिखनको काम कसरी भइरहेको छ भन्ने विषयमा जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार