प्रभु बैंकले ल्यायो ग्राहकलाई सरल, सहज र सुरक्षित सेवा दिन डिजी प्रभु
नेपालबहस संवाददाता
पुस १८, २०७९ सोमबार १७:३४:५८
१८ पुष, काठमाडाैं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले साबिकमा सञ्चालन गरिरहेको ‘प्रभु मोबाइल बैंकिङ’ सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नत्ति गरी थप बैंकिङ सुविधासहित ‘डिजी प्रभु’ नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको छ।
बैंकले पुस १६ गतेदेखि सञ्चालनमा ल्याएको डिजी प्रभुमार्फत ग्राहकले आफूले चाहेको समयमा जुनसुकै स्थानबाट मोबाइल, ट्याबलेट वा ल्यापटपका माध्यमबाट प्रभु बैंकले उपलब्ध गराएका विभिन्न डिजिटल बैंकिङ सेवाहरु उपभोग गर्न सक्नेछन्।
उपलव्ध सेवाहरु उपभोग गर्नका लागि बैंकका हालका मोबाइल बैंकिङ प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ एपलाई अपडेट गरी तथा नयाँ प्रयोगकर्ताले एप्पल स्टोर वा गुगल पेस स्टोरबाट एपलाई डाउनलोड गरी प्रयोग गर्न सक्नेछन्।
आधुनिक र नवीनतम प्रविधि प्रयोग गरेर बनाइएको मोबाइल बैंकिङ एपको नयाँ संस्करण ग्राहकले सजिलै वेब ब्राउजर https://digiprabhu.prabhubank.com का माध्यमबाट समेत प्रयोग गर्न सक्नेछन्।
यसमार्फत ग्राहकले निम्न बैंकिङ सुविधाहरुको लाभ लिन सक्नेछन्–
पासवर्ड र पिन बिर्सिएमा आफैँले रिसेट गर्न सकिने।
मोबाइल बैंकिङमा भएको कार्डलेस सुविधा प्रयोग गरी एटीएमका माध्यमबाट नगद झिक्न सकिने।
बैंकले दिने सेवासम्बन्धी जानकारी वा समस्या परेमा सोधपुछ र दर्ता गर्न सकिने।
बैंकका कर्मचारीसँग भेट्ने समय सुनिश्चित गर्न सकिने।
ई–भौचरका माध्यमबाट नगद निक्षेप गर्न सकिने।
ई–क्यासका माध्यमबाट प्रभु बंैकमा खाता नभएका ग्राहकले समेत मोबाइलमा प्राप्त कोडका आधारमा रकम झिक्न सकिने।
फोनपे तथा नेपालपे क्यूआरमा स्क्यान गरी क्यूआर कोडमा आधारित सरल भुक्तानी गर्न सकिने।
उपरोक्त बैंकिङ सुविधाहरुका अतिरिक्त डिजिटल भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, मुद्दति खाता खोल्न, आफ्नो खाताको विवरण हेर्न, स्मार्ट टेलरबाट कार्ड वा चेक साथमा नहुँदा पनि सोझै मोबाइल बैंकिङमार्फत क्यूआर कोड स्क्यान गरी भुक्तानी पाउनेलगायतका सेवाहरु पनि ग्राहकले उपभोग गर्न सक्नेछन्।
डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई छिटो तथा सहज रुपमा बैंकिङ सुविधा उपलब्ध गराउने लक्ष्य लिई आगामी दिनमा मोबाइल बैंकिङ सेवामा थप सुविधाहरु क्रमशः डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने, कार्डसँग सम्बन्धित विभिन्न सेवा थप गरी बैंकिङ सेवालाई अझ बढी प्रभावकारी, प्रविधिमैत्री र ग्राहकमैत्री बनाउँदै लैजाने बैंकको उद्देश्य रहेको छ।
ग्राहकमैत्री प्रविधिहरु भित्र्याउने क्रममा बैंकले विभिन्न डिजिटल बैंकिङ सेवाहरु जस्तै– अनलाइनबाट बचत तथा मुद्दति खाता खोल्न सकिने, बिना कुनै झन्झट फोनलोन सेवाको उपभोग गर्न सकिनेजस्ता सुविधाहरु पनि आफ्ना ग्राहकलाई प्रदान गर्दै आइरहेको छ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले हाल देशभर २१७ वटा शाखा, १९४ वटा एटीएम, ६३ वटा एक्सटेन्सन काउन्टर तथा ७०० भन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित
मंसिर २, २०८१ आइतबार
लमजुङ दरबार निर्माणकार्य ठप्प
मंसिर २, २०८१ आइतबार
देउवा दम्पती उग्रतारा मेलामा
मंसिर २, २०८१ आइतबार
आजको मौसमः कोशी र गण्डकीमा हल्का वर्षा हुने, तराई क्षेत्रमा हुस्सु
मंसिर २, २०८१ आइतबार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
मंसिर २, २०८१ आइतबार