नाबालिग बलात्कारका आरोपीद्वारा प्रहरीसमक्ष आत्मसमर्पण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
पुस १८, २०७९ सोमबार १७:३८:६
![](https://nepalbahas.prixacdn.net/media/albums/rajan_KnmS2xcwgO.jpg)
१८ पुष, बारा । नाबालिगलाई जबर्जस्ती करिणी गरेको आरोपमा यहाँका एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीका अनुसार निजगढ नगरपालिका वडा नम्बर २ का अध्यक्ष राजु श्रेष्ठ (राजन)लाई जबरजस्ती करणी (बलात्कार)को आरोपमा पक्राउ गरिएको हो ।
लामो समयदेखि फरार रहेका अभियुक्त राजनले आइतबार राति आत्मसमपण गर्न आइपुगेका बेला पक्राउ गरी हिरासतमा राखिएको छ । राजनमाथि सोही वडाकी एक १५ वर्षीया नाबालिगलाई आफ्नो घरमा बोलाई बलात्कार गरेको आरोप लगाइएको छ ।
उनले नाबालिगलाई बलात्कार गरेको जोहरी गत असोज २५ गते परेको थियो । उनले नाबालिगलाई घरमा बोलाएर बलात्कार गरेको व्यहोरा जाहेरीमा परेको र सोही आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अभियुक्त श्रेष्ठ गत वैशाखमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा विजयी भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस सबैभन्दा कमजोर
फागुन २, २०८१ शुक्रबार
शिक्षकको अभाव टार्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
फागुन २, २०८१ शुक्रबार
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
माघ २८, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार