वरीयता क्रममा असन्तुष्ट उपप्रधानमन्त्री नारायणकाजी मन्त्रालय जान थाले
नेपालबहस संवाददाता
पुस १८, २०७९ सोमबार १९:६:०
१८ पुष, काठमाडौं । उपप्रधानमन्त्रीको वरीयतामा असन्तुष्टि जनाएका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ आइतबारदेखि मन्त्रालय जान थालेका छन् । आफूभन्दा वरीयतामा एमालेका विष्णु पौडेललाई राखिएको भन्दै श्रेष्ठले सार्वजनिक रूपमै असन्तुष्टि जनाएर मन्त्रालय नगई बसेका थिए ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको दोस्रो वरीयतामा एमाले उपाध्यक्षसमेत रहेका पौडेललाई राखिएपछि श्रेष्ठले असन्तुष्टि जनाएका थिए ।
उनले पौडेलभन्दा आफू पहिले नै उपप्रधानमन्त्री भएको भन्दै आफूलाई दोस्रो वरीयतामा राख्न पार्टी नेतृत्वलाई दबाब दिएका थिए । तर, प्रधानमन्त्री प्रचण्डले थामथुम पारेपछि घुर्की लगाएर घरबाटै मन्त्रालय चलाउँदै आएका श्रेष्ठ आइतबारदेखि सिंहदरबारस्थित मन्त्रालय जान लागेका हुन् ।
भौतिक तथा पूर्वाधार मन्त्रालयका एक कर्मचारीले मन्त्री श्रेष्ठ आइतबारदेखि नै आउन लागेको जानकारी दिए । मन्त्री श्रेष्ठले सोमबार ९आज० मन्त्रालयमा कर्मचारीहरूलाई निर्देशन दिने कार्यक्रम राखिएको छ । केही बेरअघिदेखि मन्त्री श्रेष्ठ कर्मचारीसँग छलफलमा बसेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार