खुकुरी प्रहार गरी भारतीय कार चढेर भागेका ४ जना पक्राउ
नेपालबहस संवाददाता
पुस १८, २०७९ सोमबार २०:१३:५५
१८ पुष, काठमाडौं । आइतबार दिउँसो खुकरी प्रहार गरी भारतीय कारमा चढेर फरार भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले दिउँसो २ बजेतिर नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित वडा नम्बर १२ का अनुराग शाह, जानकी गाउँपालिका–३ का उज्वल शाह र नेपालगन्ज–४ का सुभम जंग शाहलाई खुकुरी प्रहार गरी फरार भएका थिए ।
प्रहारपछि उनीहरु यूपी ३२ इयू ८६१६ नम्बरको भारतीय कार चढेर भागेका थिए । नाका सिल्ड गरी खोजी गर्ने क्रममा उनीहरुलाई बाँकेको डुढुवा गाउँपालिका–३ स्थित बनकट्टीबाट पक्राउ गरिएको हो ।
उनीहरुले प्रयोग गरेको वनकट्टीबाट राम पुरुवा जाने बाटो दक्षिणतर्फ खेतबाट बरामद भएको थियो । पछि खोजीका क्रममा अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको थियो ।
पक्राउ पर्नेहरुमा नेपालगन्ज उपममहानगरपालिका–१८ का २९ वर्षीय विनय भण्डारी, वडा नम्बर ६ का ३१ वर्षीय प्रकाश थापा, राप्ती सोनारी गाउँपालिका–२ का ३१ वर्षीय नारायण डाँगी र वैजनाथ गाउँपालिका–५ का २९ वर्षीय प्रकाश रसाइली रहेका छन् । अभियुक्त चारै जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
उनीहरुको साथबाट प्रहार घटनामा प्रयोग भएका दुई थान कुखुरी नेपालगन्ज उपमहानगरपालिका–५ फुल्टेक्रास्थित सडक बाटो नजिक बुट्यान झाँडीमा फेला पारी बरामद गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहारका घाइतेहरुलाई नेपालगन्ज मेडिकल कलेजमा उपचार गराइरहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार