मुगुका आधारभूत विद्यालयको दूरावस्थाः एउटै कोठामा सबै कक्षाका विद्यार्थी
नेपालबहस संवाददाता
पुस १८, २०७९ सोमबार २०:५१:५५
१८ पुष, मुगु । सिंगो विद्यालयका सबै विद्यार्थी एउटै कक्षामा बसेर पढ्छन् भन्दा अचम्म लाग्न सक्छ । सुन्दा अचम्म लागे पनि मुगुको एउटा विद्यालयमा वर्षौदेखि यसरी नै कक्षा सञ्चालन भइरहेको छ ।
यहाँको सोरु गाउँपालिकास्थित मालिका आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका सबै विद्यार्थी एउटै कक्षामा बसेर अध्ययन गरिरहेको देख्न सकिन्छ । विद्यालयमा भौतिक संरचना अभाव हुँदा यसरी विद्यार्थीहरू एउटा कक्षा पाँचतिर फर्केर पठनपाठन गर्न बाध्य भएका हुन् ।
यस विद्यालयमा विशेषगरी दलित समुदायका विद्यार्थी धेरै, विद्यालयमा भौतिक संरचना अभाव हुँदा एउटै कोठामा छात्रछात्रा राख्न विवश ।
सोरु गाउँपालिका–१ जवलधारामा रहेको मालिका आधारभूत विद्यालयको जिर्ण हविगत बारे सबै तहका सरकार जानकार छन् । अझ स्थानी सरकारसमक्ष त कयौं पटक यसबारे लिखित मौखिक जानकारी गराइसकेको विद्यालय प्रशासनको भनाइ छ । तर, स्थानीय सरकारलगायत अन्य निकायले ध्यान नदिएको विद्यालयको आरोप छ । यस विद्यालयमा विशेषगरी दलित समुदायका विद्यार्थी धेरै छन् । विद्यालयमा भौतिक संरचना अभाव हुँदा एउटै कोठामा छात्रछात्रा राख्नुपरेको प्रधानाध्यापक मेजबहादुर बुमीले बताए ।
धेरै विद्यार्थी एकै ठाउँमा बसेर पढ्दा केही नबुझ्ने कक्षा ४ मा अध्ययनरत ककेश नेपालीले बताए । उनी भन्छन्, ‘साथीहरू धेरै हुन्छन् । पढाइमा ध्यानै जाँदैन् । परीक्षामा त जे आयो त्यही लेखेर फर्कने गरेको छुँ,’ उनले भने ।
कक्षाकोठा मात्रै होइन यहाँ खेल मैदान र खेल सामग्री केही नभएको अर्का विद्यार्थी रेस्मा शाहीले बताइन् ।
उँपालिकाको न्युन स्रोतले शिक्षा शाखाले पनि दरबन्दी सिर्जना गर्न नसक्ने अवस्था रहेको र राष्ट्रपति शैक्षिक सुधार आयोजनाबाट विद्यालयमा दुई कोठे भवन निर्माण भइरहेको छ । यसपछि भने संरचना अभावको समस्या समाधान हुने सोरु गाउँपालिका शिक्षा शाखाका शिक्षा प्राविधिक सहायक निर्मल देवकोटाको भनाइ छ ।
विद्यालयमा भौतिक संरचना अभाव हुँदा एउटै कक्षाकोठामा अन्य कक्षाका विद्यार्थीलाई सँगै राखेर पठनपाठन गराउन समस्या भएको प्रअको भनाइ छ । उनका अनुसार विद्यार्थीको समूह बनाएर पठनपाठन गर्न सकिएको छैन भने बहुकक्षा सञ्चालन गर्दा विद्यार्थी थेग्न सकिँदैन । यस विद्यालयमा सबै कक्षामा गरी एक सय ५० भन्दा बढी बालबालिका अध्यनरत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुराडाँडामा २ दिने शिक्षक बिकास तालिम कार्यक्रम सम्पन्न
माघ ५, २०८१ शनिबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार