आत्मसमीक्षा बिनै शेखर समूहलाई पेलेर जाने रणनीतिमा देउवा
केदार भट्टराई (काका)
पुस १८, २०७९ सोमबार २१:१०:५८
१८ पुष, काठमाडौं । सभापति शेरबहादुर देउवाले पुष २२ गतेदेखि सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आफ्नै कारण पार्टीले भोग्नु परेको राजनीतिक दुर्घटनाबारे गलेर आत्मसमीक्षा समेत नगर्ने रणनीति बनाएका छन् । केन्द्रीय समितिको बैठकमा पेस गर्न संस्थापन इतरसमूहले बनाइरहेको एजेण्डाबारे पनि देउवाले तत्काल ध्यान नदिने संकेत गरेका छन् । बैठकमा सभापतिको तर्फबाट पेस हुने विषयहरुको ड्राफ्ट अहिले धुम्बाराहीमा बनिरहेको छ ।
राज्यसत्ताका सबै पदबाट विमुख हुँदाको असन्तुष्टि साम्य पार्न देउवाले गल्ती स्वीकार गरेर आत्मसमीक्षा गर्ने विश्वास इतरसमूहको थियो । तर, धुम्बाराहीस्थित देउवा निवासमा नीति महाधिवेशनलाई समेत धकेलेर केन्द्रदेखि तल्लो तहसम्म पेलेर नै जाने रणनीति बनिरहेको छ । देउवाको आगामी कार्यदिशा बारेको ड्राफ्ट बनाउने टीमबाट नेता विमलेन्द्र निधि बाहिरिएका छन भने बालकृष्ण खाँणाको प्रवेश भएको छ ।
धुम्बाराही सरेदेखि देउवाको टोली आत्मरक्षाका लागि निरन्तर तयारीमा जुटिरहेको छ भने डा. शेखर कोइरालाले नेतृत्व गरेको इतरसमूहले एकपटक सामान्य छलफलबाहेक बैठकमा कसरी प्रस्तुत हुने भन्ने समूहको साझा धारणसमेत बनाएको छैन् । कोइराला गृहनगर विराटनगरतिरै कार्यक्रममा व्यस्त छन् । यता, महामन्त्री गगन थापाको पनि बैठकमा लाने एजेण्डाबारे एक्लो तयारी छ । महामन्त्रीद्वयले समान एजेण्डा पेस गर्ने बुझिएको छ ।
अहिले कांग्रेस वृतमा कमीकमजोरीको आत्मसमीक्षासहित नीति र विशेष महाधिवेशनको माग तीब्र रुपमा उठेको छ । विशेष महाधिवेशनका विषयमा कोइराला बोलिसेकका छैनन भने उनको जोड विशेषमा भन्दा नीति महाधिवेशनमा बढी केन्द्रित छ । आफु पक्षका महाधिवेशन प्रतिनिधिदेखि जिल्ला सभापतिसम्मकालाई भेला गरेर निर्णय लिने भनिएपनि अहिलेसम्म त्यसको तयारी भएको छैन् । उता, सभापति देउवाले भने प्रदेशस्तरसम्म संस्थापन समूह विपरित हुने गतिविधिको प्रतिवाद गर्न सर्कुलर पठाइसकेको बताइन्छ । प्रदेशमा पनि देउवाकै समूह बलियो देखिएको छ ।
सभापति देउवाले प्रधानमन्त्री पदको स्वार्थ नछाड्दा कांग्रेस राज्यसत्ताका सबै पदबाट विमुख बन्न पुगेको भन्दै नेता तथा कार्यकर्ताबाट असन्तुष्टि व्यक्त भइरहेका बेला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तत्काल नीति महाधिवेशन गर्नुपर्ने माग अघि सार्ने बुझिएको छ । महामन्त्रीद्वयले पुस २२ बाट हुने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमै नीति महाधिवेशनको मिति र स्थान तोक्न जोड दिने बताइएको छ । तर, यसमा कस्तो तयारी भइरहेको छ र देउवाले नमानेको खण्डमा कसरी अगाडी जाने भन्ने कुनै रणनीति देखिएको छैन् ।
बैठकमा आम कार्यकर्ताले उठाएका विषयमा कडा अडान नलिए इतरसमूहलाई नै हानी हुने आंकलन पनि गरिँदैछ । आम कांग्रेस कार्यकर्ताले पार्टी सभापति देउवा नेतृत्व कौशल देखाउन अक्षम भएको अरोप लगाइरहेका छन् । तमाम असहमतिका बाबजुद पनि लोकतन्त्र, संविधान र शासन प्रणालीका निम्ति स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनको पक्षमा लाग्न कार्यकतालाई दवाव दिइएको उनीहरुको बुझाइ छ ।
हँसिया हथौडामा भोट हालेर जिताउन लगाइएको र निर्वाचनपछि प्रचण्डलाई पहिलो प्रधानमन्त्री बनाउन सहमति गरेर पार्टीका नेताहरुलाई थाहा नदिई प्रधानमन्त्री आफैंलाई चाहिन्छ भन्दै सभापतिले अतिवादी चिन्तन देखाएको आम कांग्रेस कार्यकताको ठहर छ । पार्टीको संस्थापन पक्षले यति ठूलो राजनीतिक दुर्घटनालाई पनि सामान्यीकरण गर्ने प्रयास गरिरहँदा पनि इतरसमूहको तयारी भने फितलो नै छ । आम कार्यकर्ताको भावना अनुसार नेतृत्व परिवर्तनको प्रयत्न सार्थक तुल्याउने हो भने इतरसमुह तात्नै पर्छ ।
अहिले धेरैले केन्द्रीय समिति बैठक कुरिरहेका छन् । केन्द्रीय समितिमा यो विषयलाई कसरी उठाइन्छ भन्ने जिज्ञासा सबैमा छ । भएका गल्ती–कमजोरीका कारण गठबन्धन जोगाउन सकिएन भनेर सभापतिले आत्मसमीक्षा नगरे विशेष महाधिवेशनको विकल्प नहुने र पार्टीको विधानले गरेको व्यवस्था अनुसार खास निर्णयमा पुग्न विशेष महाधिवेशन नै चाहिन्छ, साे माग बैठकमा कसरी प्रस्तुत हुन्छ यो पनि नेताहरुमै निर्भर रहन्छ । पार्टी सभापति देउवाको नेतृत्वमा कांग्रेसको भविष्य सुरक्षित हुने वा नहुने भन्ने विषयमा पनि धेरैका धरै खाले टिप्पणी आइसकेका छन् ।
बैठक बस्ने मिति नजिकिँदै गर्दा सबैको ध्यान भने यतिबेला महामन्त्रीमा छ । उनीहरु कुन रुपमा केन्द्रीय समितिको बैठकमा उपस्थित हुन्छन भन्ने अपेक्षा धेरैको छ । सार्वजनिक रुपमा नआएपछि राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा शनिबार थापा र शर्माले निकालेको संयुक्त विज्ञप्तिले पार्टीको भावी नीति योजना र कार्यक्रम तय गर्न नीति महाधिवेशन आवश्यक रहेको संकेत गरेको छ । तर, धुम्बाराही स्रोतका अनुसार सभापति देउवा तत्काल नीति महाधिवेशन बोलाइहाल्ने मनस्थितिमा देखिएका छैनन् ।
नीति महाधिवेशनको आवश्यकताबारे एक नेताले भने, ‘यतिबेला देशभर नै नेता तथा कार्यकर्ताको आक्रोश छ । सभापति पार्टीभित्र रक्षात्मक अवस्थामा हुनुहुन्छ । तत्काल नीति महाधिवेशन बोलाउँदा अप्ठ्यारोमा पर्न सकिन्छ भन्ने उहाँलाई लागेको हुनसक्छ । यो परिस्थिति अलि साम्य भएपछि मात्रै बोलाउने अवस्था हुन सक्छ । सभापति देउवाले केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरूको प्रस्तुति हेरेर पनि नीति महाधिवेशन बोलाउने कि नबोलाउने भन्ने निर्णय लिन सक्नुहोला । अहिले त्यो मनस्थिति देखिएको छैन् ।’
महामन्त्री थापा र शर्माले वर्तमान नेतृत्वबाट पार्टी चल्न नसक्ने निष्कर्ष नै निकाले भने त्यसका लागि देउवा स्वेच्छाले सक्रिय राजनीतिबाट अलग हुनुपर्ने अवस्था आउँछ । अरू प्रक्रियाबाट देउवालाई हटाउन कठिन छ । संस्थापन इतरपक्षका कतिपय नेताले भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग उठाइरहेका छन् । पार्टी विधानमा सभापतिविरुद्ध पार्टीका महाधिवेशन प्रतिनिधिको २५ प्रतिशत सदस्यले अविश्वास प्रस्ताव दर्ता गर्न सक्ने प्रावधान छ । प्रस्ताव दर्ता भए ६० दिनभित्र निर्वाचनको बैठक वा अधिवेशन बोलाउनुपर्छ ।
अविश्वास प्रस्ताव पारित गर्न दुई तिहाई संख्या चाहिन्छ । देउवाविरुद्ध दुई तिहाई संख्या पुर्याउन जटिल पर्ने भएकाले यो बाटो जाने सम्भावना कम छ । यसले पार्टीभित्र विभाजनको आयतन अझै बढाउने भएकाले पनि थापा, शर्मालगायतका नेताले विशेष महाधिवेशनभन्दा नीति महाधिवेशनमै जोडबल गरिरहेको देखिन्छ । यसैलाई आधार बनाएर इतरसमूहका नेता कोइरालाले पनि नीति महाधिवेशनमै जोड दिएका छन् । महामन्त्री थापा र शर्माले प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल भएर पनि कांग्रेस प्रतिपक्षमा पुगेकामा पार्टी पंक्तिमा गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाउनु अस्वाभाविक नभएको बताएका बताएका छन् ।
उनीहरुले गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्याउन नसक्दा सत्ताको राजनीतिमा पार्टी यो पटक पछि परेको बताएका छन् । कांग्रेसले अनेक चुनौती र अप्ठ्यारा मोड सामना गर्दै हरेक चुनौतीलाई चिरेर दृढतापूर्वक अघि बढाएर कांग्रेस र देशलाई सफलतापूर्वक निकास दिने तर्क महामन्त्रीद्वयको छ । भ्रातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिनुपर्ने र पार्टीको केन्द्रदेखि टोल समितिसम्म जागरणका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पनि उनीहरुको जोड छ । प्रतिनिधिसभामा संख्याका आधारमा बलियो प्रतिपक्षीका रूपमा कांग्रेस देखिने हुँदा यसको समीक्षा केन्द्रीय समितिमा हुन आवश्यक छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार