भारतमा नोटबन्दीको निर्णयलाई वैधानिकतासँगै नेपाली बैंकमा रहेका करोडाैं भारु मूल्यहीन
नेपालबहस संवाददाता
पुस १८, २०७९ सोमबार २१:१३:३७
१८ पुष, काठमाडौं । भारत सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१६ मा लिएको पाँच सय र एक हजार दरका नोटमाथि प्रतिबन्ध लगाउने निर्णयलाई त्यहाँको सर्वोच्च अदालतले सोमबार वैधानिकता दिएसँगै नेपालभित्र थन्किएका सो दरका भारु नोट खोस्टामा परिणत भएको छ ।
नोटबन्दीको निर्णय सही भएको भारतको सर्वोच्च अदालतको फैसाला आउँदा नेपालको बैंकिङ प्रणालीमा रहेको प्रतिबन्धित ५०० र एक हजार दरका करिब ५ करोड ६ लाख भारतीय रुपैयाँ खेर जाने निश्चितजस्तै बनेको छ ।भारतीय
सर्वोच्चको फैसलासँगै नेपालसँग रहेको उक्त भारतीय रुपैयाँ कागजको खोस्टो बन्ने अवस्था बनेको नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताए ।
प्रतिबन्ध लगाएदेखि नै नेपालका बैंकिङ प्रणालीमा रहेका ती नोटबारे भारतको केन्द्रीय बैंकलाई पटकपटक पत्राचार गरेपनि सुनुवाइ नभइरहेको ती अधिकारीले बताए । बेवास्त भइरहेकै अवस्थाबीच सर्वोच्च अदालतको आदेश आएको हो ।
राजस्वछली र कालोधन नियन्त्रणका लागि भन्दै सन् २०१६ मा ५०० र एक हजार दरका नोटमा भारत सरकारले प्रतिबन्ध लगाएको थियो । सरकारको उक्त निर्णयविरुद्ध भारतको सर्वोच्च अदालतमा रिट परेको थियो ।
उत्त रिटलाई नयाँ दिल्लीस्थित सर्वोच्च अदालतले सोमबार खारेज गर्ने निर्णय गरेको हो । खारेजीको फैसलापछि नेपालभित्र रहेका भारतीय नोट कारोबारमा ल्याउन सकिने सम्भावना समाप्त भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिटरब्याजीको आरोपमा जनमतका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी पक्राउ
चैत २०, २०७९ सोमबार
मिटरब्याजी पिडीत: एक टोली गयो, अर्को आयो
चैत २०, २०७९ सोमबार
प्रधानमन्त्रीले मिटरब्याजपीडितको समस्या समाधान गर्नुपर्छः शर्मा
चैत १६, २०७९ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार