भोका बालबालिका र पढ्न नपाएका युवालाई देख्दा मन कटक्क खान्छ : अध्यक्ष ओली
नेपालबहस संवाददाता
पुस १८, २०७९ सोमबार २२:४९:५४
१८ पुष, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोका बालबालिका, युवाले पढ्न नपाएको अवस्था र दुर्गमको समस्या देख्दा मन कटक्क खाने गरेको बताएका छन् । यस्ता समस्या तत्काल पुरा गर्न नसके पनि सदैव यसका लागि तत्पर रहेको उनले बताए ।
साेमबार काठमाडाैंमा एक्प्लोर आइडिया क्लबले आयोजना गरेको कार्यक्रममा उनले व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन गर्न नसकेको भन्दै विद्यमान समस्या समाधान गर्न दीर्घकालिन योजना ल्याउने कोसिस गरिरहेको बताए ।
‘विद्यार्थीसँग पूर्वप्रधानमन्त्री : प्रेरणा र जीवन दर्शन’ शीर्षकको अन्तर्क्रियामा उनले हाम्रो पुस्तालाई नेपाली बहादुर छन् भन्ने कुरा गरेर बौद्धिकता नै छायाँमा पार्न खोजिएको आरोप लगाए ।
‘हाम्रा अग्रजहरू बलिया थिए । साहसी थिए । यति मात्र होइन वौद्धिक पनि थिए । यसतर्फ भने कतै चर्चा भएको छैन’, उनले भने, ‘अब यसतर्फ चर्चा गर्न जरुरी छ। हाम्रो दर्शन, मान्यता नै हाम्रा पुस्ताले आर्जन गरेका हुन् । यो विद्वताको उदाहरण हुन् ।’
अबका युवाले उर्जाशील भएर आफूले पढेको ज्ञानका माध्यमबाट समाज रुपान्तरणको अभियानमा लाग्नुपर्ने ओलीले स्झाब दिए । विद्यार्थीले नै आयोजना गरेको उक्त कार्यक्रममा ओलीलाई विद्यार्थीले विभिन्न प्रश्न गरेका थिए। ओलीले विद्यार्थीहरूसँग करिब तीन घण्टा अन्तरक्रिया गरेका थिए । उक्त कार्यक्रममा ओलीले केहीबेर विद्यार्थीहरूसँग फुटसल खेलेर माहोल तताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार