‘इन्टरनेट जुनसुकै बेला रोकिन सक्छ’
नेपालबहस संवाददाता
पुस १८, २०७९ सोमबार २३:४:४१
१८ पुष, काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले जुनसुकै समयमा इन्टरनेट सेवा रोकिन सक्ने बताएका छन् ।इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएका छन् ।
नेपाल विद्युत प्राधिकरणले पोल भाडामा मनोमानी गरेको र यसबाट इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई मार परेको भन्दै सेवा बन्द गर्ने चेतावनी दिए ।
आईएसपानका अध्यक्ष सुधीर पराजुलीले ‘विद्युत प्राधिकरणले मनोमानी गर्न नछाडे इन्टरनेट सेवा दिने संस्थाहरु हड्तालमा उत्रने बताए । उनले भने, ‘इन्टरनेट जुनसुकै बेला अवरुद्ध हुन सक्छ । हाम्रो तालाचाबी प्राधिकरणमा बुझाउँछौं ।’
उनले प्राधिकरणले काठमाडौं, विराटनगर, इनरूवा, काँकरभिट्टा, गौरीगञ्ज, पोखरा, धरान, खोटाङ, सुर्खेत, कैलाली, बुटवल, टीकापुर, अत्तरिया, भैरहवा, डोटी, ललितपुर, धनकुटा, दुहवीमा इन्टरनेट सेवा प्रदायकहरुको तार काटेर क्षति पुर्याएको ताए ।
‘प्राधिकरणले आफूहरुसँग समन्वयन नगरेको उनको आरोप छ । पोल भाडालाई कारण बनाएर तार हटाउने र त्यसक्रममा डेटा सेन्टर, अपरेशनल पोइन्ट, इन्टरनेट सेवा प्रवाह गर्ने फाइबर, तार काटिएको बताए ।
उनले प्राधिकरणको रवैयाले इन्टरनेट ठप्प हुने अवस्था आउन सक्ने र यस्तो अवस्थाबाट उपभोक्ताको हकहित संरक्षण गर्न र मानवअधिकारको सरक्षण गर्न सम्बन्धित निकायसँग आग्ह गरे ।
इन्टरनेट सेवा प्रदायकहरुले प्राधिकरणकै पोल पोल प्रयोग गरी आफ्नो सेवा दिँदै आएका छन् । तर प्राधिकरणले सम्झौता नविकरण भएका र भाडा नबुझाउने कम्पनीहरुको तार हटाउँदै आइरहेको जनाएको छ । कम्पनीहरुले लामो समयदेखि वक्यौता नतिरेको आरोप प्राधिकरणको छ ।
भाडाको विषयमा प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच पटकपटक विवाद चल्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाद्वारा एआई चिपको निर्यातमा नयाँ प्रतिबन्धको घोषणा
पुष २९, २०८१ सोमबार
टर्कीएको पहिलो ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो
पुष १३, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार
तीनपोखरी कप फुटबलको फाइनलमा झापा र खाँदबारी भिड्दै
पुष २९, २०८१ सोमबार