राजश्व छलीको आशंकामा विवेक मेसिनरीः राजश्व कार्यालयले शुरु गर्यो अनुसन्धान
नेपालबहस संवाददाता
पुस १८, २०७९ मंगलबार २:६:५५
१८ पुुष, विराटनगर । अर्थमन्त्री विष्णुु पौडेलको कडा निर्देशनपछि आन्तरिक राजश्व कार्यालय विराटनगरले चालुु आर्थिक वर्षको वार्षिक छ महिनाको राजश्व असुलीमा लक्ष्य हासिल गर्ने भन्दै तीव्र रुपमा राजश्व छली प्रकरणमा संलग्न भएका केही व्यवसायिक प्रतिष्ठानमाथि प्रश्न उठेसँगै आफनो अनुसन्धान सुरु गरेको छ ।
प्रदेश १ को राजधानी एवं औद्योगिक नगरी भनेर परिचित सुनसरी मोरङ औद्योगिक करिडोर भित्र संचालनमा रहेका हार्डवेयर र मेसिनरी सप्लायर्स व्यवसायीबाट व्यापक राजश्व छली गर्दै कमाउने प्रवृत्ति बढ्दै गएको गुनासालाई मध्यनजर गर्दै केही व्यवसायिक प्रतिष्ठानका बार्षिक विवरणहरु आन्तरिक राजश्व कार्यालयले केलाउन थालेको रहस्य बाहिरिएको हो ।
विश्व लगायत मुलुकभरी कोभीड १९ को महामारी र खस्किदो अर्थ व्यवस्थाका कारण भन्दै व्यवसायीहरुबाट अपेक्षाकृत राजश्व संकलन हुन नसकेको अवस्थामा विराटनगर बजारभित्र संचालनमा रहेका केही हार्डवेयर तथा मेसिनरी सप्लायर्स व्यवसायीको वार्षिक व्यवसायिक विवरणबाट नै राजश्व संकलन भन्दा पनि कमाउ प्रवृत्ति छरपष्ट बन्न पुगेको कुरा थाहा भएको छ ।
विराटनगर बजारमा संचालित विवेक मेसिनरी एण्ड सप्लायर्सले विगत केही आर्थिक वर्षदेखि आन्तरिक राजश्व कार्यालयमा बुझाउँदै आएको कारोवार विवरणले हार्डवेयर तथा मेसिनरी सप्लायर्सका नाममा हुँदै गरेको राजश्व चुहावटको रहस्य पनि खुलेको कुरा बताइएको छ । उक्त व्यवसायी फर्मले बार्षिक राजश्व बुझाउँदा अत्यन्त न्युन बुझाएर दश गुुनासम्म मुनाफा खादै आउँदा समेत सरकारका कुनैपनि निकायले अहिलेसम्म कार्वाहीको दायरामा समेत नल्याएपछि उक्त व्यवसायिक फर्म आन्तरिक राजश्व कार्यालयको उच्च निगरानीमा रहेको आन्तरिक राजश्व कार्यालय स्रोतले बताएको छ ।
विवेक मेसिनरी एण्ड सप्लायर्सका नामबाट आन्तरिक राजश्व कार्यालयमा २०५५ सालमा नै ३००२१६००६ पान नम्बरबाट आयकरमा दर्ता कायम रहेको भएतापनि २०६१ सालमा गएर मात्रै मुल्य अभिबृद्धि करमा दर्ता गरेको कुुरा आन्तरिक राजश्व कार्यालय स्रोतले बताएको छ ।उक्त फर्मको संचालकमा विवेक लुनियाँ रहेको र विगत २०६१ सालदेखि नै सो फर्मले आफनो कारोवारको विवरण आन्तरिक राजश्व कार्यालयमा बुझाउँदा राजश्व अत्यन्तै न्युन बुझाउँदै आएपछि उक्त फर्मको कारोवार केलाउँदा व्यापक राजश्व चुहावट भएको आशंका गर्दै आन्तरिक राजश्व कार्यालयले उच्च निगरानीका साथ अनुसन्धान गरिरहेको दावी पनि राजश्व स्रोतको छ ।
अधिकांश मेसिनरी पार्टस भारतबाटै आयात हुुने हुुँदा विवेक मेसिनरी एण्ड सप्लायर्सले मेसिनरी पार्टस कहाँबाट आयात गरेर कारोवार गरेको सम्बन्धमा कुनै तथ्य रेकर्ड नै फेला नपरेपछि उक्त व्यवसायी फर्म राजश्वको उच्च निगरानीमा परेको दावी राजश्व स्रोतले गरेको हो । स्रोतका अनुुसार मेसिनरी सप्लायर्सदेखि हार्डवेयर व्यवसायीबाट हुने राजश्व छली प्रकरण खुल्न थालेपछि उक्त सामानहरु भन्सारको मुल्यांकन अनुसार आयात नहुने र अवैध नाका प्रयोग गरी आयात बढेको निश्कर्षका साथ आन्तरिक राजश्व कार्यालयले त्यस्ता व्यवसायीको कारोवार विवरणमा अनुसन्धान सुरु गरेकोे हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा साढे चार खर्बभन्दा बढीको व्यापार घाटा
मंसिर ८, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार