प्रधानमन्त्री प्रचण्डले आज सबै मन्त्रालयका सचिवहरूलाई कामबारे निर्देशन दिने
नेपालबहस संवाददाता
पुस १९, २०७९ मंगलबार १४:४५:४९
१९ पुष, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार मन्त्रालयगत भइरहेका काम र बनाउनुपर्ने नीतिबारे सबै मन्त्रालयका सचिवहरूलाई निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् । सोमबार सिंहदरबारमा सचिवहरूसँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले मंगलबार उनीहरुलाई निर्देशन दिँदै संबोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सचिवहरूको रिपोर्ट सुनेपछि आज निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूची छ । प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरुसँग सोमबार कामको विवरण मागेका थिए । उनले मन्त्रालयगत कामको विवरणबारे जानकारी लिन सरकारका सचिवहरूलाई आज पनि छलफलमा बोलाएका छन् ।
सोमबारको विवरण अध्यायन गरेर मंगलबार सबै सचिवलाई राखेर एकमुष्ठ निर्देशन दिने बताइएको छ । तेस्रोपटक प्रधानमन्त्रीमा चयन भएपछि प्रचण्डले पहिलो पटक प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई बोलाई त्यसका कामकारबाहीको विवरण लिएका थिए ।
सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री प्रचण्डले विभिन्न मन्त्रालय र निकायको कामकारबाही जानकारी लिने काम सुरु गरेको नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले नेपालबहसलाई जानकारी दिए । छलफलको क्रममा सचिवहरुले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण र आफूहरुले भोग्नु परेका समस्याबारे प्रधानमन्त्री दाहाल समक्ष ब्रिफिङ गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय परिचयपत्र बनाउन बिहान ६ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता
जेठ १८, २०८१ शुक्रबार
१६ जिल्लाका सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)
जेठ १६, २०८१ बुधबार
इमेलबाट पठाइएका निवेदनको दर्ता नं दिन सूचना आयोगको निर्देशन
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
चीनमा खाद्य सुरक्षा कानुन लागु
जेठ १९, २०८१ शनिबार
नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने
जेठ १९, २०८१ शनिबार
माछापुच्छ्रे बैंकद्धारा सल्यानको विद्यालयमा खानेपानी ट्याङ्की निर्माण
जेठ १९, २०८१ शनिबार
काठमाडौं महानगरले करारमा २४१ नगर प्रहरी भर्ना गर्दै
जेठ १९, २०८१ शनिबार