पश्चिम नवलपरासीका एसपी कँडेल अनुसन्धानका लागि हेडक्वार्टर तानिए
नेपालबहस संवाददाता
पुस १९, २०७९ मंगलबार १८:३९:१३
१९ पुष, काठमाडौं । पश्चिम नवलपरासीका एसपी ऋषि कँडेललाई अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय तानिएको छ । सीमानामा हुने गरेको अवैध ओसारपसारमा एसपी कँडेलको संलग्नता देखिएपछि छानबिनको लागि काठमाडौं तानिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
एसपी कँडेल भारतीय नाकाबाट हुने अवैध ओसारपसार र सेटिङमा मुछिएपछि छानबिनको निम्ति हेडक्वार्टरमा झिकाइएको बताइएको छ । पश्चिम नवलपरासीका एसपी कँडेलले छुटाएको अवैध सामान काठमाडौंलगायत पूर्वी भेगमा लैजाने क्रममा पूर्वी नवलपरासीका एसपी भुवनेश्वर तिवारीले बरामद गरेका थिए । उनीहरु दुवै व्याची पनि हुन् । कँडेल प्रहरी संगठनभित्र क्षमता नभएको अधिकृतको रुपमा चिनिँदै आएका थिए । उनी त्यही कारण बढुवामा समेत आफ्ना समकालीन अधिकृतहरुभन्दा पछाडि पर्दै आए ।
गत मंसिरमा पश्चिम नवलपरासीको बर्दघाट र दक्षिणी सीमा क्षेत्रमा खटिएका दुई जना प्रहरी घुमुवा पैसा उठाउँदा उठाउँदै पक्राउ परेपनि उनीहरुसँग आर्थिक लाभ लिएर छुटाएपछि थप विवादमा परेका थिए । घुमुवा प्रहरीलाई स्थानीयको सहयोगमा पक्राउ गरिएको भएपनि कँडेलले छाडिदिएका थिए । जवान सन्दिप धवल र जीतेन्द्र रजकलाई स्थानीय प्रहरीले पैसासहित पक्राउ गरेको थियो । त्यसअघि पनि उनी विवादका मुछिएका थिए ।
त्यसअघि सोही जिल्लाको पाल्हिनन्दन गाउंपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले गत असार २२ गते गाउँपालिकाका नगर प्रहरी (पूर्व प्रहरी) रघुनाथ धोवीले भारतीय नागरिकलाई लागुऔषधमा फसाएको विषयमा प्रहरीमा उजुरी पर्दा उनीले कारवाही गर्नुभन्दा पनि गाउँपालिका अध्यक्षलाई जोगाएका थिए । गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले प्रहरीसँगको मिलेमतोमा कवाडीको काम गर्दै आएका भारतीय नागरिक रामा गुप्ता र जितेन्द्र पासवानलाई फसाएको भएपनि एसपी कँडेलले जोगाएको आरोप लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनब्बे लाख बराबरको औषधीजन्य सामाग्रीहरूसहित ट्रक नियन्त्रणमा
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार