नेपाल टी-२० लिगमा फिक्सिङको आशंका, कमेन्टेटर सचिनले छाडे लिग
नेपालबहस संवाददाता
पुस १९, २०७९ मंगलबार १८:२५:०
१९ पुष, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी नेपाल टी-२० लिगमा ‘फिक्सिङ’को आशंका गरिएको छ । कमेन्टेटर सचिन तिमल्सेनाले लिगमा ‘स्पट फिक्सिङ’ भएको बताउँदै गिल छाडेका छन् ।
उनले लिग छाड्नुका पछाडिका कारणबारे भिडियोमा सविस्तार विवरण पेश गर्दै आफूले देशको लिग मात्र नभई क्रिकेट खेललाई स्वच्छ र पारदर्शीताका लागि लिग छाडेका बताएका छन् ।
जारी टी-२० लिगमा ६ टिमको सहभागिता छ। लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स, काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपरकिंग्स र फार वेस्ट युनाइटेडले भाग लिएको लिगमा अहिले दोस्रो चरणका खेल भइरहेका छन् । उनले विदेशीलाई लिग आयोजनाकोा जिम्मा दिएबाट आफूहरुलाई शंका लागेको बताउँदै अहिले खेलमा नेपाल पक्षबाट भइरहेको खेलले दोस्रो चरणको खेल लिग फिक्सरको हातमा गएको उल्लेख गरेका छन् ।
लिगलाई नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजनाको जिम्मा दिएको छ ।
क्रिकेटलाई गलत तरिकाले प्रयोग गरेर फिक्सिङ गराउने क्रियाकलाप आफूले देखेको उनले बताए । उनले बोलेको कुरालाई सामाजिक सञ्जालमा भिडिओ पोस्ट गरेका छन् । उनले भिडियोमा भनेका छन्, ‘आजकाल म्याच फिक्सिङ हुँदैन स्पट फिक्सिङ हुन्छ। नतिजामा असर गर्दैन । तर खेलको दौरानमा केही त्यस्तो काम हुनेछ, जुन तपाईंलाई पहिले नै गर्न भनिएको हुन्छ।’
‘लिगमा हदैसम्मको बदनियत देखिएको बताउँदै उनले ‘नेपाल टि-२० फिक्सरको हातमा गएको छ । यसले नेपाली क्रिकेटलाई बिगार्छ। कमन्ट्री गर्दा मैले हरेक बल नियालेर हेरेकाले यस्तो भनिरहेको छु,’ भनेका छन् ।
‘अब त आयोजक पनि गायब भएछन् । आजबाट यो लिग मा ब्रोड्कास्टर या कमेन्टेटरको रुपमा मेरो कुनै संलग्नता रहने छैन’ उनले मंगलबार आफ्नाे फेसबुक पेजमा लेखेका छन् । उनले जारी आईपीएलको नेपाली स्वरुप भएको उनको भनाइ छ । उनले नवाै दिनसम्म कमेन्टेटरकाे भूमिका निर्वाह गरेका थिए ।
आफूलाई लागेको र भोगेको कुरा अहिले राखिनँ भने नेपालीे क्रिकेटलाई नै अन्याय हुने ठानेर आश्चर्यजनक तर वास्तविकता बाहिर ल्याएको बताएका छन् । आफूले पहिलेपहिले लिगमा फिक्सिङ हुने गरेको सुनिएको तर अहिले देखेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल ९ रनले पराजित
पुष २९, २०८१ सोमबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
भारतको क्रिकेट अब असामका देवजित सौकियाले हाँक्ने
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार