नेपाल टी–२० लिगमा फिक्सिङको आशंकामा सीआईबीद्वारा अनुसन्धान सुरु
नेपालबहस संवाददाता
पुस १९, २०७९ मंगलबार २०:५०:५३
१९ पुष, काठमाडौं । कीर्तिपुरमा जारी नेपाल टी–२० लिगमा फिक्सिङ र बेटिङ हुने गरेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सुरु गरेको छ ।
फिक्सिङ र बेटिङ हुने गरेको भन्दै उजुरी परेपछि सीआईबीले अनुसन्धान सुरु गरेको सीआईबीका एक अधिकारीले बताए । डीएसपीको कमाण्डमा अनुसन्धान अघि बढाइएको स्रोतले बतायो ।
रसियन एप वान एक्स बेटमार्फत् बेटिङ हुने र फिक्सिङ समेत हुने गरेको भन्दै लिग विवादित बनेको छ। नेपाल क्रिकेट संघ क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्लाई लिग आयोजनाको जिम्मा दिएपछि आशंका झनै बढेको छ । नेपालमा अवैधानिक रहेको वान एक्स बेटलाई थ्री स्पोर्ट्स प्रायोजक बनाएको छ ।
फिक्सिङको भइरहेको भन्दै लिग कमेन्टेटर सचिन तिमिल्सेनाले लिग छाडेका छन् । उनले नेपाली क्रिकेटलाई न्याय दिन लिग छाडेको सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट गर्दै जानकारी गराएका छन् ।
जारी लिगमा म्याच फिक्सिङ नभई स्पट फिक्सिङ हुने गरेको भन्दै खेल जित वा हारमा पुर्याउन गेम चेञ्जरले खेलाडी विशेषलाई कब्जामा राखिने गरिएको उनको भनाइ छ ।
उनले जारी लिगलाई इण्डियन प्रिमियर लिग (आईपीएल)को ‘नेपाली संस्करण’ जस्ताे रहेको गम्भीर आरोप समेत लगाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्जुन ट्रफिको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वानमा हुने
माघ ११, २०८१ शुक्रबार
अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालको सान्तवना जीत
माघ ११, २०८१ शुक्रबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार