सर्वोच्चको आदेशमा जंगी अड्डा पुगेका उपरथी प्रेम शाही सैनिक प्रहरीको हिरासतमा
नेपालबहस संवाददाता
पुस १९, २०७९ मंगलबार २१:४७:५४
१९ पुष, काठमार्डाैं । सर्वोच्च अदालतको आदेशपछि नेपाली सेनाको मुख्यालय पुगेका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
उपरथी शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको मुद्दामा सर्वोच्च अदालबाट आदेशपत्रसहित मुख्यालय जंगी अडडा जाने क्रममा उनलाई सेनाको प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो ।
आफ्नो उमेर एक वर्ष बढाएको विषयमा उनले जंगी अड्डा र रक्षा मन्त्रालयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सुनुवाइपछि उनको पक्षमा रिट जारी भएको थियो । सोही आधारमा उनी पुनः काममा जाने क्रममा नियन्त्रणमा लिइएको हो ।
उनले उमेर हदका कारण यही पुष २० मा अवकाशमा जाँदै थिए । तर आदेशले उनको कार्यकाल एक वर्ष थप भएको छ । मुख्यालय र रक्षा मन्त्रालयले उमेर बढाएकाे उनकाे जिकिरलाइ सर्वाेच्चले मान्यता दिएकाे छ ।
तर उपरथी शाहीलाई आर्थिक अनियमितता गरेको आरोपमा नियन्त्रणमा लिएको सैनिक प्रवक्ता सहायक रथी कृष्ण भण्डारीले बताए । शाहीले सेनाबाट अवकासको पत्र समेत बुझिसकेकोे उनको दाबी छ । शाहीमाथि संगठनको अनुशासन उल्लंघनबारे पनि अनुसन्धान हुने बताएका छन् ।
शाहीलाई वीरेन्द्र सैनिक अस्पताल छाउनी पुर्याएर स्वास्थ्य परीक्षण गराइरहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर
पुष २८, २०८१ आइतबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार