राष्ट्रिय मुद्दामा सहमति जुटाएर मात्र अघि बढ्छाैं : महासचिव गुरुङ
नेपालबहस संवाददाता
पुस १९, २०७९ मंगलबार २२:०:२७
१९ पुष, चितवन । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ्ले राष्ट्रिय मुद्दामा सबै दलबीच सहमति कायम आवश्यक रहेको बताएका छन् ।
मंगलबार पत्रकारसँग कुराकानी गर्दै उनले राष्ट्रिय मुद्दामा सरकार पक्ष र प्रतिपक्ष सबैसँग सहमति कायम गरेर अघि बढ्ने बताए । अहिले माओवादी केन्द्रकाे नेतृत्वमा सरकार गठन भएकाे छ ।
अहिलेको आवश्यकता भनेको राष्ट्रिय स्वाधिनताको रक्षाको, स्थिरता र स्थायित्व भएको उनको भनाइ छ । उचने भने, ‘यतिखेर सके सबै दलबीचमा राष्ट्रिय सहमति जुटाउन कोसिस गर्ने हो । विधिले सत्ता पक्ष र प्रतिपक्षको अङ्गिकार गरेको भए पनि एजेण्डागत आधारमा राष्ट्रिय सहमति जुटाउँदै अघि बढ्नुपर्छ ।’
देशमा वृहत शान्ति सम्झौताका समयमा तत्कालीन सरकार पक्षबाट गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति भएको भन्दै उहाँले यी दुबैपक्ष सहमतिका साथ अघि बढ्नुपर्ने बताए ।
सिष्टमलाई भताभुङ्ग बनाउन खोज्नेविरुद्ध आफूहरुको लडाइँ रहेको बताउँदै उनले यही पद्दति अङ्गिकार गरेर निर्वाचनमा आएपछि कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने बताए । अहिलेको गठबन्धन मुलुकको आवश्यकताको हिसाबले बनेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाइती नेपाललाई एक करोड दिने प्रधानमन्त्री ओलीको घोषणा
पुष २९, २०८१ सोमबार
यी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार
तीनपोखरी कप फुटबलको फाइनलमा झापा र खाँदबारी भिड्दै
पुष २९, २०८१ सोमबार