ब्राजिलका महान फुटबलर पेलेको अन्त्यष्टि आज साँझ गरिदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस १९, २०७९ मंगलबार २२:५९:२४
![](https://nepalbahas.prixacdn.net/media/albums/pele-2-e1672745330406_hlyBt93w1M.jpeg)
१९ पुष, काठमाडौं । ब्राजिलका महान फुटबलर पेलेको अन्तिम संस्कार आज नेपाली समय अनुसार साँझ पौने ७ बजे गरिदै छ ।
पूर्व क्लब सान्तोस एफसीको रंगशालामा उनको पार्थिव शरीर राखिएको छ। साओ पाउलोको भिला बेलमिरो स्टेडियममा पेलेलाई हेर्न फ्यानहरु जम्मा भएका छन्।
एडसन एरेन्टेस डो नासिमेन्टो अर्थात् पेलेको बिहीबार क्यान्सरबाट साओपाउलोमा निधन भएको हो। उनी ८२ वर्षका थिए। पेलेले ब्राजिललाई ३ पटक फिफा विश्वकप जिताएका थिए।
उनी समग्रमा ४ पटक विश्वकपमा सहभागी भए। सर्वकालिन महान खेलाडी पेलेको निधनले ब्राजिललाई ठूलो क्षति पुगेको त्यहाँको सररकाले जनाएको छ भने ३ दिन राष्ट्रिय शोकको घोषणा पनि गरेको छ।
पेलेको अन्त्येष्टि मेमोरियल नेक्रोपोल एकुमेनिका, सान्तोस कब्रिस्तानमा गरिनेछ। ८२ बर्षमा निधन भएका पेलेकी १०० वर्षिया आमा पनि छिन्। आमाको निवास नजिकबाट पेलेको शबयात्रा गरिने जनाइएको छ।
पेलेकी आमा ओछ्यानबाट उठ्न सक्दिनन्। पेलेको शवलाई सान्तोसको सडक हुँदै आमाको घर अगाडि लैजाने तयारी गरिएको छ। पेलेको अन्त्येष्टिमा उनको परिवार मात्र सहभागी हुनेछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले किन लिदैनन् सन्यास ?
असार २४, २०८१ सोमबार
कोपा अमेरिकाको सेमिफाइनलको समीकरण पुरा
असार २३, २०८१ आइतबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
मोरङमा चैते धानको उत्पादन बढ्यो
असार २४, २०८१ सोमबार
पहिरोले अवरुद्ध मुग्लिन-मलेखु सडक पुन: सञ्चालन
असार २४, २०८१ सोमबार
‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नु हुँदैन’
असार २४, २०८१ सोमबार
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो
असार २४, २०८१ सोमबार
बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान
असार २४, २०८१ सोमबार