विशेष अदालतबाट फैसला भएका ६ मुद्दामा पुनरावेदन मागसहित सर्वाेच्च पुग्याे अख्तियार
नेपालबहस संवाददाता
पुस १९, २०७९ मंगलबार २३:२६:३६
१९ पुष, काठमाडौं । विशेष अदालतबाट फैसला भएका ६ वटा मुद्दालाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालत पुर्याएको छ ।
फैसलाप्रति असन्तुष्ट जनाउँदै अख्तियारले विभिन्न मितिमा फैसला गरिएका मुद्दालाई पुनरावेदनको मागसहित सर्वोच्चमा पुर्याएको हो ।
घुस÷रिसवत, गैरकानुनी लाभ तथा हानी र सार्वजनिक सम्पत्ति हानी नोक्सानी सम्बन्धी ६ वटा मुद्दाका फैसलामाथि चित्त नबुझेर पुनरावेदन गरिएको अख्तियारले जनाएको छ ।
गएको असार ९ गते सन्तमाया श्रेष्ठविरुद्धको घुस÷रिसवत लिइ भ्रष्टाचार गरेको मुद्दासम्बन्धी विशेष अदालतको फैसला, धनेश्वर प्रसाई, सुरेश प्रसाद नेपाल, सुदर्शन न्यौपानेविरुद्ध घुस÷रिसवत लिने दिने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा गत असार ३ गते भएको फैसलामा पुनरावेदनका लागि अख्तियारले निवेदन दिएको छ ।
यसतै नरबहादुर बोहरा, नरेन्द्रबहादुर भाट, मिनबहादुर बोहरा, मथुरीदेवी बोहरा, तेजबहादुर बोहराविरुद्धको मुद्दामा गत भदौ २९ गते विशेष अदालतले गरेको फैसलामा प्रति अख्तियारले चित्ता बुझाएको छैन । त्यसमा पनि अख्तियारले पुनरावेदन गरेको छ ।
भीमप्रसाद आचार्य, रघुनाथ रेग्मी र हरिशंकर शर्माविरुद्धको मुद्दामा गत जेठ ५ गते भएको फैसला, भीमप्रसाद आचार्य, हरिशंकर शर्मा, मनिषकुमार महतोविरुद्धको मुद्दामा गत जेठ ५ गते भएको फैसला, राधिकादेवी शर्मा, भरतप्रसाद उपाध्याय विरुद्धको मुद्दामा गत जेठ ५ गते भएको फैसला सन्तोषजनक नरहेको भन्दै पुनरावेदनको माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाइती नेपाललाई एक करोड दिने प्रधानमन्त्री ओलीको घोषणा
पुष २९, २०८१ सोमबार
यी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार