ट्राफिक प्रहरीलाई भाडाको घरमा काम गर्न असहज
नेपालबहस संवाददाता
पुस २०, २०७९ बुधबार २०:१४:१७
२० पुष, मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जिल्ला ट्राफिक प्रहरी कार्यालयको आफ्नै भवन नहुँदा सेवा सञ्चालन गर्न असहज भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयअन्तर्गत १३ ट्राफिक चेक पोस्ट रहेका छन् ।
जिल्ला विभाजनसँगै छुट्टिएको जिल्ला ट्राफिक कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) बिलखबन्दमा छ । यसअघि समग्र दाउन्ने पूर्वको ट्राफिक व्यवस्थापन पूर्व नवलपुरबाटै चल्थ्यो । ट्राफिक व्यवस्थापन गर्नुपर्ने भएकाले राजमार्ग केन्द्रीत यो कार्यालय दशकौँदेखि सडकछेउ भाडाकोे घरमा सञ्चालनमा रहेको कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रदिप थापाले बताए ।
“पश्चिम नवलपरासीको भूमहीमा जिल्ला ट्राफिकको अत्याधुनिक कार्यालय बनिसक्दा नवलपरासी पूर्वको जिल्ला ट्राफिक प्रहरी कार्यालय २०७२ देखि भाडाको घरबाट सेवा प्रवाह गरिरहेको छ”, उनले भने ।
अहिले यो भवन जीर्ण छ । पुरानो घरमा यहाँ २२ ट्राफिक प्रहरी कार्यरत छन् । “कोठा अपुग हुँदा समस्या भएको छ”, थापाले भने ।
पूर्व–पश्चिम राजमार्गको कावासोती–३ मा यसको कार्यालय रहेको छ । साँघुरो भवनसँगै अगाडि खुल्ला ठाउँ पर्याप्त नभएका कारण काम गर्न असहज हुनाका साथै सवारीसाधन राख्नसमेत समस्या भएको ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी लेखनाथ पुरीले बताए ।
“हामीले सवारीसाधन यहाँ राख्न नसकेर प्रहरी कार्यालय नजिकको रिफ्रेससेन्टरमा राख्ने गरेका छौँ”, उनले भने, “यसले कार्य सम्पादनमा अप्ठेरो परेको छ, पर्खाल नै छैन, बिग्रियो भने सवारीसाधन बाटोमै राख्नुपर्छ ।”
नयाँ जिल्लामा नयाँ सदरमुकामको प्रारूप तयार भई सङ्घ तथा प्रादेशिक कार्यालयलाई जग्गा छुट्याइँदा पनि जिल्ला ट्राफिकका लागि भने जग्गाको टुङ्गो लाग्न सकेन । ट्राफिक प्रहरीले सडकसँग जोडिएको जग्गा खोज्दैआएको छ ।
दैनिक सडकको ट्राफिक व्यवस्थापनलगायत काममा संयोजन गर्न मुश्किल हुने गरेको छ । “समस्याबारे सबैलाई अवगत गराएका छौँ”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीआईबी भन्छ, बैंकर र व्यवसायी धम्क्याएर रकम असुल्ने गिरोह नै खडा गरेका थिए दुर्गा प्रसाईंले
मंसिर २५, २०८१ मंगलबार
ध्वनी प्रदुषण गराउने ५२ मोटरसाइकल ट्राफिक नियन्त्रणमा
मंसिर २४, २०८१ सोमबार
५ सय ५८ ग्राम सुनसहित काभ्रेबाट २ जना पक्राउ
मंसिर २४, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
मंसिर २५, २०८१ मंगलबार
गौं हत्याको आरोपीविरुद्ध पक्राउ आदेश जारी
मंसिर २५, २०८१ मंगलबार
काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई दियो १०४ रनको लक्ष्य, भीम शार्की ३१ रनमै आउट
मंसिर २६, २०८१ बुधबार
रत्नेचौर–भकुण्डे–भकिम्ली सडकको ७० प्रतिशत प्रगति
मंसिर २६, २०८१ बुधबार
काभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार