दमौलीमा सांस्कृतिक एवम् पर्यटन महोत्सव हुँदै
नेपालबहस संवाददाता
पुस २०, २०७९ बुधबार २०:२८:१३
२० पुष, तनहुँ । नेपाल आदिवासी जनजाती महासङ्घ जिल्ला समन्वय परिषद्को आयोजनामा दमौलीमा पाँचौँ आदिवासी जनजाती तनहुँ सांस्कृतिक एवम् पर्यटन महोत्सव हुँदैछ ।
‘अमूल्य भाषा संस्कृतिको संरक्षण गराँै, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौँ’ भन्ने नाराका साथ यही पुस २२ देखि आगामी माघ ३ गतेसम्म महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवस्थलमा दुई सय ३० कक्ष निर्माण गरिएका महोत्सवका प्रवक्ता नन्दु थापामगरले जानकारी दिए । तीन लाख दर्शकले महोत्सवको अवलोकन गर्नुका साथै रु एक करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ ।
महोत्सव विपी वनवाटिकाको खेल मैदानमा हुँदैछ । दर्शकलाई मनोरञ्जन दिनका लागि राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकार ल्याइने परिषद्का अध्यक्ष सुजित हिराचनले जानकारी दिए ।
कृषि प्रदर्शनीमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइनेछ । प्रदर्शनी कक्षमा घरेलु तथा हस्तकला, होटेल तथा रेस्टुरेन्ट, डेरी, आइटी इलेक्टिकल्स, बैङ्क तथा वित्तीय संस्था, आइसक्रिम स्टल, अटोमोबाइल्स, स्थानीय उत्पादन प्रदर्शन तथा बिक्री स्थललगायत रहने परिषद्का निवर्तमान अध्यक्ष बसुन्धरा घर्तीले बताए ।
महोत्सवमा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । विद्यार्थीका लागि रु ५० र अन्यका लागि रु ७० टिकट शुल्क कायम गरिएको छ । स्थानीय भाषा, धर्म, कला र संस्कृतिको प्रवद्र्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।
महोत्सवमा मादी र सेतीमा जलविहार, आदिवासी जनजातीको जन्मदेखि मृत्युसम्मको संस्कारको प्रदर्शनी, जीवनशैली प्रस्तुति, नमुना घर निर्माण, सांस्कृतिक कार्यक्रम, विद्यालयस्तरीय प्रतिभा प्रस्फुटनलगायत आकर्षण रहेका छन् ।
महोत्सवमा राष्ट्रिय कलाकारमा पशुपति शर्मा, खेम सेन्चुरी, राजु परियार, प्रीति आले, भूमिका गिरी, कला लम्साल, बद्री पङ्गेनी, सुप्रिम मल्ल, सम्झना लामिछाने मगर, आशा बिसी, सुमन परियार, सन्दिपसिं राना, अस्मिता डल्लाकोटीलगायत कलाकार आउने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु
जेठ १४, २०८१ सोमबार
चण्डेश्वरी जात्रामा रैथाने खाना महोत्सव
जेठ १०, २०८१ बिहिबार
तेह्रथुममा आजदेखि ढाका महोत्सव सुरु
जेठ ४, २०८१ शुक्रबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
बेनी बजारको घना बस्ती
जेठ १६, २०८१ बुधबार
अग्ला हिमालको सुरक्षा चुनौति बनिरहेको छः प्रधानमन्त्री
जेठ १६, २०८१ बुधबार
‘विश्वको साझा सम्पत्ति सगरमाथा जोगाऔँ’
जेठ १६, २०८१ बुधबार
भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी हुँदै
जेठ १६, २०८१ बुधबार
७१ औँ अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा प्रभातफेरी [ फोटोफिचर ]
जेठ १६, २०८१ बुधबार
न्यायाधीश सुवेदी र शर्माको इजलासमा पर्यो कोशी सरकारविरुद्धको रिट
जेठ १६, २०८१ बुधबार