अल नसरले गर्यो रोनाल्डोलाई भव्य स्वागत
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस २०, २०७९ बुधबार २०:४१:४५
![](https://nepalbahas.prixacdn.net/media/albums/Ronaldo-3_N1Lg2l33Yr.jpg)
२० पुष, काठमाडौं । पोर्चुगिच स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो साउदी अरब पुगेका छन् । साउदी अरबको फुटबल क्लब अल नसरले मंगलबार राति घरेलु मैदान म्रसोल पार्कमा विशेष कार्यक्रम गर्दै पोर्चुगिज फरवार्ड रोनाल्डोलाई सार्वजनिक गरेको छ ।
रोनाल्डोलाई स्वागत गर्न हजारौँ समर्थक मैदान पुगेका थिए । त्यसक्रममा उनलाई आतिसवाजीसहित भव्य स्वागत गरिएको थियो ।
इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडसँगको सम्झौता तोडेर रोनाल्डो अल नसरमा पुगेका हुन् । ३७ वर्षीय रोनाल्डो र क्लब बीच सन् २०२५ सम्मका लागि सम्झौता भएको छ । सो सम्झौतापत्रमा मंगलबार नै उनले हस्ताक्षर गरेका छन् ।
५ पटकका बालोन डिुओर विजेता रोनाल्डोले स्पोर्टिङ लिस्बनबाट उनले क्लब फुटबलमा डेब्यु गरेका थिए । उनले रियल मड्रिड र युभेन्ट्सबाट पनि खेलेका थिए ।
मंगलबार साउदी अरबको राजधानी रियाद पुगेपछि पत्रकार सम्मेलनमा उनले अल–नस्र क्लबसँग अनुबन्ध हुँदा आफूलाई गर्व लागेको र सन्तुष्ट रहेको बताए ।
उनले साउदी अरबको फुटबल क्लब अल–नस्रसँग १७७ मिलियन पाउण्डको सम्झौता गरेका छन् । यो सम्झौतासँगै उनी सन् २०२५ सम्म अल–नस्र क्लबमा रहनेछन् ।
पत्रकार सम्मेलनमा उनले युरोपबाट खेल्दा धेरै चिज पाइसकेको भन्दै अब नयाँ चुनौतीलाई पनि सामना गर्ने बताए । उनले भने, ‘जीवनमा यति ठूलो निर्णय लिंदा मलाई गर्व छ । युरोपमा मेरो काम अब सकिएको छ । मैले धेरै कुरा जितिसकेको छु । युरोपको प्रतिष्ठित क्लबबाट खेलें । यो अब नयाँ चुनौती हो ।’
आफूले आफैंलाई अनौठो खेलाडी भन्दै उनले भने, ‘म अनौठो छु, यहाँ आउँदा राम्रो भएको छ । मैले उता सबै रेकर्ड तोडेको छु अब यहाँ पनि केही रेकर्ड तोड्न चाहान्छु । म यहाँ खेल्न, जित्न र खेलको मजा लिन आएको हुँ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
कोपा अमेरिकाको क्वाटरफाइनलको समीकरण पुरा
असार १९, २०८१ बुधबार
उरुग्वे र पानामा कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
बाँझो जग्गामा ड्रागन फ्रुट, आम्दानी पनि राम्रो
असार २१, २०८१ शुक्रबार
जसपाका मन्त्रीहरूले दिए राजीनामा
असार २१, २०८१ शुक्रबार
हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध
असार २१, २०८१ शुक्रबार
छुम्बी लामा बने क्यानको प्रवक्ता
असार २१, २०८१ शुक्रबार
आइतबारसम्म बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
असार २१, २०८१ शुक्रबार
भोटेकोशी आयोजनाको स्ल्याब भत्किँदा २ बेपत्ता, सातजना घाइते
असार २१, २०८१ शुक्रबार