प्रभु बैंकले रातो हाब्रेलाई एक वर्षको लागि आहारा उपलब्ध गराउने
नेपालबहस संवाददाता
पुस २०, २०७९ बुधबार २२:४५:५१
२० पुष, काठमाडाैं । प्रभु बैंक लिमिटेड र राष्ट्रिय प्रकृति संरक्षण कोष बीच रातो हाब्रे ( Red Panda ) लाई एक वर्षको लागि आहारा उपलब्ध गराउने सम्बन्धि सम्झौता सम्पन्न भएको छ ।
प्रभु बैंक लिमिटेडको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका तर्फबाट सदर चिडियाखानाकी प्रमुख रचना शाहद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
प्रभु बैंक लिमिटेड र राष्ट्रिय प्रकृति संरक्षण कोष बीच सम्पन्न उक्त सम्झौता अनुसार प्रभु बैंक लिमिटेडले सँस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोषद्वारा सञ्चालित सदर चिडियाखानामा रहेका दुई वटा रातो हाब्रेका लागि प्रभु बैंक लिमिटेडले एक वर्षसम्म आहारा उपलब्ध गराउने व्यवस्था मिलाईएको छ ।
सदर चिडियाखानाद्वारा सञ्चालित “Adopt An Animal” अभियान अन्तर्गत गरिएको यस सम्झौताबाट रातो हाब्रे जस्तो लोपोन्मुख वन्यजन्तुको संरक्षणको क्षेत्रमा विशेष योगदान पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ । साथै मुलुकले लिएको दिगो विकास लक्ष्यहरु २०३० (Sustainable Development Goals 2030) को प्राप्तिको निमित्त पनि बैंकको उक्त कार्यबाट टेवा पुग्नेछ भन्ने विश्वास लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित
मंसिर २, २०८१ आइतबार
लमजुङ दरबार निर्माणकार्य ठप्प
मंसिर २, २०८१ आइतबार
देउवा दम्पती उग्रतारा मेलामा
मंसिर २, २०८१ आइतबार
आजको मौसमः कोशी र गण्डकीमा हल्का वर्षा हुने, तराई क्षेत्रमा हुस्सु
मंसिर २, २०८१ आइतबार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
मंसिर २, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
मंसिर २, २०८१ आइतबार