चिसोले कालिकोट ,डोल्पा, हुम्ला र मुगुका विद्यालय बन्द

नेपालबहस संवाददाता
पुस २०, २०७९ बिहिबार २:१९:८

♦ हेमन्त केसी
२० पुष, सुर्खेत । चिसो अत्यधिक बढेपछि कालिकोट ,डोल्पा, हुम्ला, मुगुका विद्यालय बन्द गरिएको छ । कर्णालीका हिमाली जिल्लामा मङ्सिरदेखि हिमपात तथा चिसोका कारण पठनपाठन प्रभावित हुने भएपछि विद्यालय बन्द गरिएको छ ।
अत्यधिक हिउँ पर्ने, स्थानीय खेतीपातीमा व्यस्त हुनुपर्ने, जडीबुटी संकलन गर्न जाने, विद्यालय जानुपर्ने बालबालिकालाई खर्क पठाउने तथा अभिभावकमा शिक्षाको कमीजस्ता कारणले यो समयमा विद्यालय बन्द हुने गरेका छन् ।
हुम्ला जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तिलकप्रसाद भट्टराईले प्रतिकूल मौसमका कारण बालबालिकाले पुरै समय अध्ययन गर्न नपाउने गरेको बताए । मौसम सुहाउँदो विपत् प्रतिकार्य योजना बनाई घुम्ती विद्यालय सञ्चालन नगरे सम्मा चिसो मौसममा विद्यालयमा पढाइ हुने सम्भावना कम रहेको उनले बताए ।
उच्च हिमपातका कारण माथिल्लो डोल्पामा छ महिना विद्यालय पूर्ण रूपमा बन्द हुन्छन्। सञ्चारको पहुँच नहुँदा वैकल्पिक शिक्षा शिक्षणको सम्भावना छैन। भौगोलिक कठिनाइका कारण बालबालिका तीन घण्टा पैदल हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता छ। हिमाली जिल्लाको भौगोलिक अवस्था अध्ययन गरेर विपत् पूर्वतयारी योजना बनाउनुपर्ने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख दलबहादुर बस्नेतको बताए ।
दक्ष जनशक्ति अभाव हुँदा गुणस्तरीय शिक्षा हासिल गर्न बालबालिकाले पाएका छैनन्। स्थानीय तहले शिक्षालाई प्राथमिकतामा नराख्नु, अत्यधिक हिउँ परेर चिसो हुनु, भौतिक संरचना कमजोर, सबै विद्यालयमा खानेपानीको असुविधा, पातलो बस्ती, स्थानीय शिक्षा योजना निर्माण नहुनु, स्थानीय पाठ्यक्रम निर्माण नहुनु, सूचना तथा सञ्चारको अभावजस्ता समस्याले गर्दा डोल्पामा विद्यालय चिसो मौसममा बन्द भएका हुन् ।
त्यस्तै कालिकोटको तिलागुफा नगरपालिका भित्रका सबै विद्यालय माघ १५ गतेसम्मका लागि बन्द गरिएको छ । जिल्लाभरि एक शैक्षिकसत्र अर्थात् वर्षातको समयमा मात्र बिदा गर्ने पालिकाहरूले निर्णय गरे पनि चिसोका कारणले तिलागुफा नगरपालिकाले हिउँदे बिदालाई निरन्तरता दिनुपरेको बताएको छ । नगरपालिका शिक्षा शाखामा विद्यालय निरीक्षक नवीन हमालले जुम्लासँग सीमा जोडिएको र यो समयमा बग्ने पानी समेत जम्न थालेपछि विद्यालय बन्द गर्नुको विकल्प नभएको बताए।
कालीकोटमा तापक्रम माइनस ५ रहेको छ । अत्यधिक चिसो बढेकाले जिल्ला प्रशासन कार्यालयले समेत सचेत हुन सार्वजनिक सूचना गरेको छ । प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले चिसो देशभरि बढिरहेकाले सूचनाअनुसार जिल्लामा पनि सचेत हुन सूचना जारी गरिएको बताए । हिमाली जिल्ला डोल्पामा समेत बिद्यालय बन्द गरिएको छ । चिसोका कारण त्यहाँका विद्यालय बन्द गर्नु परेको बताएको छ ।
त्यस्तै मध्यपश्चिम विश्वविद्यालय समेत आज एक सूचना प्रकाशित गरेर माघ ११ गते सम्माको लागि जाडो विदा दिएको बताएको छ । विश्वविद्यालय भित्र रहेको सबै क्याम्पसले सो जाडो विदा लागू गर्न निर्देशन समेत दिएको छ । अत्यधिक चिसो बढेको भन्दै २१ दिन विदा दिने निर्णय गरिएको रजिस्टा«र प्रा डाक्टर नारायणप्रसाद पौडेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
फागुन ८, २०८१ बिहिबार
जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
आन्दोलनको कार्ययोजना बनाउन एकीकृत समाजवादीले बनायो कार्यदल
फागुन १४, २०८१ बुधबार
नेपालविरुद्ध म्यानमारले लियो २–० गोलको अग्रता
फागुन १४, २०८१ बुधबार
भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार