फोहरको उचित व्यवस्थापन नहुँदा जताततै दुर्गन्ध

नेपालबहस संवाददाता
पुस २१, २०७९ बिहिबार १७:०:५०

२१ पुष, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाभित्र उत्पादन भएको फोहर उचित व्यवस्थापन नगर्दा जताततै दुर्गन्ध फैलिएको छ । स्थानीय सरकार स्वायत्त शासन सञ्चालन ऐनअनुसार स्थानीय सरकारले फोहर व्यवस्थापन गर्न डम्पिङ नभई ल्याण्डफिल साइट बनाउनुपर्ने भए पनि नगरपालिकाले कालीन्जोर खोला किनारमा लगेर फोहर थुपारी आगो लगाउँदा स्थानीयलाई असर गरेको सुनिलकुमार साहले बताए ।
ग्रिन एण्ड क्लिन सिटी सर्भिस प्रालि लालबन्दीले बजारमा उत्पादन भएको फोहर उठाएर नगरपालिकाले तोकेको क्षेत्रमा फाल्छ । खुला स्थानमा लगेर फालिएको फोहर जङ्गली जनावरका साथै चराचुरुङ्गीले टिपेर र हावाले उडाएर अन्यन्त्र लैजाने गरेको अर्का स्थानीय राजन पोख्रेलले बताए । उनका अनुसार फोहर थुपारेपछि आगो लगाउनाले बजारलाई असर पुग्छ । सात वर्ष पहिला नै नगरपालिकाले ल्याण्डफिल साइटको रुपमा कालीन्जोर नदी किनारको भाग बनाएको र आफूले त्यही लगेर फोहर फाल्ने गरेको ठेकेदार कम्पनी ग्रिन एण्ड क्लिन सिटी सर्भिस प्रालि लालबन्दीका सञ्चालक माधव बरालले बताए ।
नदी किनारमा फोहर डम्पिङ गर्ने र चार/पाँच दिनमा फोहरलाई आगो लगाउने गरिन्छ । त्यतिञ्जेल फोहोर यत्रतत्र पुग्ने गर्दा सो क्षेत्र दुर्गन्धित भएको स्थानीय उमाशङ्कर साहले बताए । नगरपालिकाले विशुद्ध परम्परागतरुपमा फोहरलाई व्यवस्थापन गर्ने गरेको छ । अबको पहिलो चरणमा फोहरलाई खाल्डो बनाएर पुर्ने काम गर्ने र विस्तारै ल्याण्डफिल साइट निर्माण गरी सोही स्थानमा फोहर व्यावस्थापन गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले बताए । उनले तत्काल कुनै व्यवस्थापन गर्न सक्ने अवस्था नरहे पनि आज लगेको फोहर आजै खाल्डो बनाएर पुर्ने काम हुने बताए । अहिले वातावरणसमेत प्रदूषित भएको छ । कतिपयले आफूखुसी फोहर फ्याँक्ने काम गर्दा फोहर जताततै देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपठनपाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विद्यार्थीद्वारा विरोध
फागुन १४, २०८१ बुधबार
वरिष्ठ पत्रकार आशुतोष झालाई विशेष सम्मान
फागुन १०, २०८१ शनिबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
म्यानमारले जित्यो फोर नेसन्स च्याम्पियनसिपको उपाधि
फागुन १४, २०८१ बुधबार
आन्दोलनको कार्ययोजना बनाउन एकीकृत समाजवादीले बनायो कार्यदल
फागुन १४, २०८१ बुधबार
नेपालविरुद्ध म्यानमारले लियो २–० गोलको अग्रता
फागुन १४, २०८१ बुधबार
भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार