कर्णालीमा सरकार गठनका लागि आह्वान
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस २१, २०७९ बिहिबार १८:२८:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/tilak_pariyar_B7bJnIjsX4-e1672901901892_flRCClY223.jpg)
२१ पुष, सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले सरकार गठनका लागि आह्वान गरेका छन् । प्रमुख परियारले मुख्यमन्त्री पदमा दाबी गर्न ७ दिनको समय दिएका छन् ।
प्रदेश प्रमुख तिलक परियारले पुस २७ बुधबार बेलुका ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा ‘२’ बमोजिम सरकार गठन गर्नका लागि बिहीबार आवह्वान भएको हो ।
कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन व्यवस्था रहेको छ ।
कर्णालीमा प्रदेश सभा सदस्यको संख्य ४० रहेको छ । माओवादी र एमाले मिलेर सरकार गठन गर्ने तयारी रहेको छ । यद्यपि, केन्द्रमा भएको सहमति बाहिर आइसकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार