चार वर्ष बित्दा पनि सुध्रिएन कर्णाली प्रदेश यातायात कार्यालय, सेवाग्राही निराश

नेपालबहस संवाददाता
पुस २१, २०७९ बिहिबार १८:४९:२५

♦ हेमन्त केसी
२१ पुष, सुर्खेत । स्थापनाको चार वर्ष पुरा हुँनै लाग्दा यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशको गन्जागोल अवस्थामा सुधार हुन सकेको छैन । भौतिक पूर्वाधारदेखि जनशक्ति अभावसम्म, ट्रायल सेन्टर अभाव देखि भिडभाड कुनै पनि प्रक्रियामा सुधार हुन सकेको छैन ।
सेवाग्राहीको चाप बढे पनि यहाँ काम गर्ने तरिका नमिल्दा सेवाग्राही दैनिक निराश भएर फर्कने गरेका छन् । जुम्लामा रहेको उक्त चार वर्षअघि कार्यालय सुर्खेतमा सारिएको थियो । जनशक्ति र पूर्वाधारको अभावले सेवा प्रवाहमा असहज भइरहेको कार्यालयका निमित्त प्रमुख आनन्द चपाईंको गुनासो छ । अहिले करारमा कर्मचारी राखेर काम चलाए पनि दक्ष जनशक्ति नभएकाले काम गर्न मुस्किल भएको उनको भनाइ छ ।
देश संघीयतामा गएपछि ०७५ मा प्रदेश सरकार मातहत सञ्चालन हुनेगरी यातायात व्यवस्था कार्यालय बनाइएको थियो । प्रदेश कार्यालय भए पनि यहाँ काम गर्ने दरबन्दी भने पुरानै छ । कार्यालयले हाल १२ प्रकारका सेवा दिने गरेको छ । लाइसेन्स वितरण, लाइसेन्स नवीकरण, सवारी साधन जाँच, रूट परमिट, भाडा निर्धारणलगायतका सेवा दिने गरिएको छ ।
यातायात कार्यालयमा कम्तिमा पनि २५ जनाको दरबन्दी हुनुपर्ने भए पनि १५ जना कर्मचारीको स्थायी दरबन्दी रहेको कार्यालयमा आठ जना कर्मचारीको भरमा काम हुँदै आएको छ । बाँकी सात जना स्थायी कर्मचारीको दरबन्दी खाली रहेको छ । कार्यालय प्रमुख समेत उपसचिव हुनुपर्ने व्यवस्था भए पनि वर्षौंदेखि निमित्तको भरमा कार्यालय सञ्चालन हुँदै आएको छ ।
सेवालाई गुणस्तरिय गराउन प्रविधिमैत्री हुने भनिए पनि कर्मचारीहरूलाई आवश्यक तालिम र उपकरणको व्यवस्थासमेत नहुँदा काममा समस्य पर्दै आएको छ । निमित्त प्रमुख चपागाईंले बिचौलियाको बढ्दो हस्तक्षेपले कार्यसम्पादन प्रक्रियामा नै असहज बनेको बताए । उनले कार्यालयमा तीन किसिमका बिचौलियाको प्रभाव देखिने गरेको बताए । उनले भने, ‘यहाँ तीन प्रकारका दलालहरूको बिगबिगी छ, बिचौलियाको प्रवेश रोक्न थुप्रै प्रयास गरियो, तर सफल हुन सकिएको छैन ।’
लाइसेन्सको प्रयोगात्मक परीक्षा लिन निजी कम्पनीको ट्रायल सेन्टर भाडामा लिएर काम गरिएको छ । आफ्नो कुनै सरकारी संरचना नहुँदा निजी क्षेत्रसँग सम्झौता गरेर प्रयोगात्मक परीक्षा सञ्चालनको व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । माघ ०७६ देखि सुर्खेतबाटै लाइसेन्स वितरणको काम सुरु गरिए पनि कार्यालयसँग लिखित परीक्षा सञ्चालन गर्ने हल नहुँदा परीक्षर्थीले लिखित परीक्षा खुलाचौरमा बसेर दिने गरेका छन् ।
वीरेन्द्रनगर–५ स्थित गणेशचोकमा ट्रायल सेन्टर निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ । अहिले निजी कम्पनीले सम्झौताअनुसार प्रतिस्कुटर तथा मोटरसाइकलको दुई सय र गाडीको पाँच सय इन्ट्रि शुल्क लिँदै काम गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
फागुन ८, २०८१ बिहिबार
जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार
महाशिवरात्रिः राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन
फागुन १४, २०८१ बुधबार
जनकपुरधाममा लक्ष्यको तुलनामा कम धान खरिद
फागुन १४, २०८१ बुधबार
उपत्यकाबाहिरका शिवालयमा पनि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार