कसैको सिफारिस र भनसुनमा होइन उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ति : नगरप्रमुख सिंह

आबिद हुसेन
पुस २१, २०७९ बिहिबार २०:४:५१

२१ पुष, बीरगञ्ज । बीरगञ्ज महानगरपालिकाले बुधबार कक्षा ९ र ११ का विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । गएको कातिक १९ गते महानगरले लिएको छनौट परीक्षाबाट छानिएका विद्यार्थीहरुलाई एक कार्यक्रमकाबीच आज छात्रवृत्ति सिफारिस पत्र प्रदान गरिएको हो ।
सिफारिस पत्र प्रदान गर्दै महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुलाई अझै मेहनतका साथ अध्ययन गर्न आग्रह गरे । उनले कसैको सिफारिस र भनसुनमा नभई प्रतिष्पर्धाका आधारमा लिखित परिक्षामा उत्कृष्ट गरेका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको पनि बताए।
‘कसैको सिफारिस र भनसुन हामीले सुनेनौँ, जसले आज छात्रवृत्ति प्राप्त गरिरहनु भएको छ उहाँहरुको मेहनत र परिश्रमले प्राप्त गरेको नतिजा नैँ हामीले पस्केका हौँ,’ उनले भने । आउँदा दिनमा पनि उत्कृष्ट नतिजा हात पार्न अध्ययनमा अझै परिश्रम गर्न विद्यार्थीहरुलाई उनले सुझाव दिए ।
आफूहरुले वीरगञ्जको सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न निरन्तर अनुगमन र निरीक्षण गरिरहेको भन्दै अभिभावकले पनि विद्यालयमा भइरहेका कमिकमजोरीमा ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले मेहनती र जेहेन्दार विद्यार्थीहरुलाई अध्ययन गर्नका लागि महानगरले छात्रवृत्ति उपलब्ध गराएको भन्दै छात्रवृत्तिको सम्मान कायम राखिराख्न अध्ययनमा कमजोरी नगर्न सुझाव दिए ।
महानगरपालिकाले कक्षा ९ र ११ मा अध्ययन गर्नका लागि ३ सय १८ जनालाई छात्रवृत्ति प्रदान गरेको हो । जसमध्ये कक्षा ९ मा ९९ जना र कक्षा ११ मा २१९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति पत्र वितरण गरिएको शिक्षा महाशाखा प्रमुख अरविन्द लाल कर्णले जानकारी दिए ।
कक्षा ९ मा १५१ जनाले परीक्षा दिएकोमा ११९ जना उत्तीर्ण भएको र ११ मा १ हजार ४१९ जनाले परीक्षा दिएकोमा १ हजार २५५ जना उत्तीर्ण भएका थिए । उत्तीर्ण भएकामध्येबाट उत्कृष्ट विद्यार्थीलाई आज छात्रवृत्ति पत्र प्रदान गरिएको हो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपपठनपाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विद्यार्थीद्वारा विरोध
फागुन १४, २०८१ बुधबार
वरिष्ठ पत्रकार आशुतोष झालाई विशेष सम्मान
फागुन १०, २०८१ शनिबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
आन्दोलनको कार्ययोजना बनाउन एकीकृत समाजवादीले बनायो कार्यदल
फागुन १४, २०८१ बुधबार
नेपालविरुद्ध म्यानमारले लियो २–० गोलको अग्रता
फागुन १४, २०८१ बुधबार
भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार