अमूक शक्तिबाट लिङदेनलाई प्रधानमन्त्रीको प्रस्ताव, सत्ता राजनीतिमा नायक बन्दै रवि !
केदार भट्टराई (काका)
पुस २२, २०७९ शुक्रबार १९:५९:४४
२२ पुष, काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन तोडेर प्रधानमन्त्री बनेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २६ पुष कटाउन गाह्रो हुने देखिएको छ । नेकपा एमालेको सहयोगमा पुष १० मा प्रधानमन्त्री बनेका प्रचण्डले २६ पुषमा संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् । उनको यो तयारीलाई असफल बनाउन बलियो राजनीतिक शक्तिकेन्द्र कसरतमा लागेको छ । नयाँ समीकरण बन्ने अवस्था आएमा उनले विश्वासको मत नपाउने देखिएको छ ।
प्रधानमन्त्री बने लगत्तै चीन सरकारको सदासयता प्रधानमन्त्री प्रचण्डका लागि भारी हुने संकेत देखिएको छ । सत्ता समीकरण परिवर्तन गराउन दक्षिण—पश्चिममा शक्तिहरु काठमाडौंमा केन्द्रित भएको बताइन्छ । दुई दिन यता, देशको आन्तरिक राजनीतिसमेत प्रधानमन्त्री प्रचण्डको प्रतिकुल देखिएको छ । उच्च राजनीतिक स्रोतका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिएको छ । तर, राप्रपाले यसको आधिकारिक पुष्टि गरेको छैन् ।
राप्रपाका एक नेताले दिएको जानकारी अनुसार मन्धिपरिषद विस्तारमा भागबण्डा मिलाउन कठिन भएको अवस्थामा राप्रपाले उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय मागेपछि प्रधानमन्त्री प्रचण्डले उसलाई सरकारमा सहभागी नगराउँदा के हुन्छ भनेर ओलीसँग सोधेका थिए । राप्रपा नभएपनि विश्वासको मतका लागि समस्या नहुने र मन्त्री बनाउने कुरामा पनि सहज हुने तर्क प्रधानमन्त्री प्रचण्डको थियो । यो विषय एकाएक बाहिरिएपछि राप्रपा पनि सशंकित बनेको थियो ।
काठमाडौं केन्द्रित शक्तिकेन्द्रका प्रतिनिधिहरुले नेकपा एमाले र माओवादीबाहेक दलका नेताहरुसँग चरणबद्ध छलफल गरिसकेको बताइन्छ । नयाँ समीकरणको सम्भावना बढेपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी (जसपा) ले पनि सरकारलाई दिएको समर्थन फेरिन सक्ने संकेत दिएको छ । रेशम चौधरीको रिहाइको मागललाई मूलविषय बनाएको नागरिक उन्मुक्ति पार्टीले पनि सर्तमाथि सर्त राखिरहेको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पनि नयाँ समीकरणका विषयमा छलफल भएको बताइएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामार्फत दलका नेतासँग शक्तिकेन्द्रका प्रतिनिधिहरुले भेट गरिरहेको बताइन्छ । बिहीबार जसपाका अध्यक्ष उपेन्द्र यादवले सभापति देउवासँग भेट गरेका थिए । भेटमा समीकरणबारे छलफल भएको थियो । नेकपा एकीकृत समाजवादीले पनि यही समीकरणको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने निर्णय गरेको छैन् । स्रोतका अनुसार अहिले राप्रापा अध्यक्ष लिङदेनमा सहमति जुटाउन प्रयास भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने प्रधानमन्त्रीका लागि राजनीतिमा परिपक्क नभइसकेको भन्दै लिङदेनलाई प्रस्ताव गरिएको स्रोत बताउँछ ।
दुवैतर्फका सत्ता समीकरणका लागि रास्वपाका अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने निर्णायक शक्तिका रुपमा देखिएका छन् । नेपालका प्रधानमन्त्री प्रचण्डलाई असफल बनाउन चलखेल भइरहेको कुरा भारतीय मिडियाहरुले पनि उठाएका छन् । अहिले भारतीय मिडिया जगतमा चीन सरकारको सहयोगमा बनेको भनिएको पोखरा क्षेत्रीय विमानस्थलको विषयसँग जोडेर प्रधानमन्त्रीको आलोचना भइरहेको छ । भारतले चीन समर्थित सरकार नेपालमा बनेको भन्दै चर्चा गरिहेको छ । तर, यसबारे नेतालको परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली राजदुतावासले कुनै प्रतिक्रिया दिएका छैनन् ।
नेपालको सत्ता समीकरण परिवर्तन गराउन कम्मर कसेर नेपाल आएको उच्च राजनीतिक गिरोहका बारे पनि नेपालको जासुसी संयन्त्र बेखबर छ । गृहमन्त्री रहेका रवि लामिछाने पनि अहिले पर्ख र हेरको अवस्थामा छन् । उनी दुवै समीकरणका निर्णयक व्यक्ति पनि हुन । राप्रपाले विश्वासको मत नदिएको अवस्थामा रास्वपाले पनि नदिए प्रधानमन्त्री प्रचण्ड असफल हुनेछन् । लिङदेनलाई प्रधानमन्त्री बनाउन कस्सिएको गिरोह पनि उनकै प्रतिक्षामा छ । नागरिकताको विषयलाई लिएर रवि अहिले परिस्थिति हेरेर मात्र निर्णय लिने पक्षमा देखिएका छन् ।
बाहिरबाट नेपाली कांग्रेसका केही नेताहरुले पनि यो प्रयास जारी राखेको बताइन्छ । कांग्रेसका युवा नेताहरुले कांग्रेस पदाधिकारीलाई दलहरु र त्यसका नेतृत्व केन्द्रित भएर छलफल थाल्न दवाव दिएका छन् । अहिले राप्रपालाई सरकारमा ल्याउने प्रयास जारी छ । वाग्मती प्रदेश सरकारको नेतृत्व पनि राप्रपाले खोजेको छ । यसमा कांग्रेसले साथ दिए एमाले र माओवादी बाहेक पनि राप्रपाको सरकार बन्छ ।
प्रचण्डलाई असफल बनाउने खेल सुरु भएपछि प्रदेश प्रमुखहरुले पनि हतारमा सरकार गठनका लागि बहुमत देखाउन आह्वान गरेका छन् ।
दुई प्रदेशमा त संघीय संसद अधिवेशन सुरु भएकै दिन सरकारका लागि बहुमतसहित दावी गर्नुपर्ने अवस्था छ । अहिले सरकारमा रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र प्रधानमन्त्री प्रचण्डका बीचमा पनि सम्बन्ध राम्रो छैन् । प्रचण्डलाई समर्थन गरेको भन्दै उनको सामाजिक सञ्चालमा विरोध भइरहेको छ । यी सबै राजनीतिक परिदृष्य हेर्दा प्रधानमन्त्री प्रचण्डलाई संकटमा पार्ने प्रयास सबैतिरबाट भएको देखिन्छ । सत्ता सहयात्री दल नेकपा एमालेले भने राष्ट्रपति,सभामुख र मुख्यमन्त्री लगायत महत्वपूण नियुक्त हात नपारेसम्म प्रचण्डलाई साथ दिने देखिएको छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार