नारायणी किनारमा तटबन्धसहितको सडक निर्माण हुँदै
नेपालबहस संवाददाता
पुस २२, २०७९ शुक्रबार २०:१३:२२
२२ पुष, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने नारायणी नदी किनारमा तटबन्धसहितको सडक निर्माण अगाडि बढाइएको छ । तटबन्धसहितको सडक निर्माण जिल्लाको गैँडाकोट नगरपालिकाबाट अगाडि बढाइएको हो ।
नारायणी नदी व्यवस्थापनसहित सडक निर्माणका लागि गैँडाकोटतर्फ नारायणी नदी व्यवस्थापन एवं तटबन्धन (कुसुमघाट–थुम्सी) आयोजना अघि बढेको गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले बताए । संघीय सरकारको नारायणी नदी व्यवस्थापन आयोजनाअन्तर्गत सञ्चालन हुने यस आयोजनाले गैँडाकोटका वडा नम्बर २, ६ र ९ लाई समेट्ने रिजालको भनाइ छ । “निर्माण कार्यका लागि एक महिना अगाडि नै काठमाडौंको मूलपानीस्थित निर्माण व्यवसायी ‘श्री रमण–त्रिवेणी जेभी’सँग सम्झौता भइसकेको छ”, उनले भने, “यही मंसिर २७ गतेदेखि आयोजनाको काम सुरु भइसकेको छ ।
उक्त आयोजना विसं २०८२ जेठ १८ गते सम्पन्न गर्नेगरी मंसिर १५ मा सम्झौता भएको रिजालले बताए । आयोजनाको लागि आवश्यक पर्ने क्रसर प्लान्ट गैँडाकोट–६ मा स्थापना गरी वडा नम्बर–९ बाट आयोजनाको काम सुरु भइसकेको प्रमुख प्रशासकीय अधिकृत रिजालले जानकारी दिए । आयोजनाअन्तर्गत गैँडाकोटमा चार हजार नौ सय ४५ मिटर बाटो उकाससहित कङ्क्रिट ब्लकको तटबन्धन हुनेछ ।
गैँडाकोट–६ का वडाध्यक्ष सुभाष चापागाईंका अनुसार वडा नम्बर २ मा पाँच सय मिटर, वडा नम्बर ६ मा छ सय ३० मिटर, वडा नम्बर ९ मा छ सय ६५ मिटर, विपी अन्तर्राष्ट्रिय खेलग्राममा तीन हजार एक सय ५० मिटर बाटो उकाससहित कङ्क्रिट ब्लकको तटबन्ध निर्माण हुनेछ । तटबन्धसहित नदी किनारमा बन्न लागेको सडकको उचाइ नदीको सतहबाट सात दशमलव आठ मिटर तथा चौडाइ १२ मिटरको हुने जनाइएको छ । उक्त आयोजना सङ्घीय सरकारको रु एक अर्ब ९७ करोड ६८ लाख ८१ हजारमा सम्झौता भएको हो ।
कुसुमघाट–थुम्सी आयोजनाको निर्माण कार्य समयमै सम्पन्न गराउन आवश्यक पर्ने निर्माण सामग्री ९ढुङ्गा, गिट्टी तथा बालुवा० नदीबाटै उत्खनन गरिने वडाध्यक्ष चापागाईंले जानकारी दिए । आयोजना निर्माण कार्यका लागिमात्र प्रयोग गर्नेगरी आयोजनाको आवश्यकताअनुसार नदीजन्य पदार्थ उत्खनन तथा उत्पादन गर्न अस्थायी क्रसर प्लान्ट स्थापना तथा सञ्चालन अनुमति प्रदान गरिएको उनले बताए ।
निर्माण व्यवसायीका आधिकारिक प्रतिनिधि सुवास तिमल्सिनाबाट निवेदन पेश भएअनुरुप ठेक्का सम्झौता बमोजिम अस्थायी क्रसर प्लान्ट स्थापना तथा सञ्चालन गर्न दिइएको गैँडाकोट नगरपालिकाले जनाएको छ । नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख शङ्कर कँडेलका अनुसार जल, जमिन, ध्वनि तथा वायु प्रदूषण नियन्त्रण विधि तथा उपाय अवलम्बन गरी क्रसर प्लान्ट स्थापनाका लागि अनुमति प्रदान गरिएको छ ।
पुस ८ गते बसेको गैँडाकोट नगरपालिकाअन्तर्गतको नगर विपद् व्यवस्थापन समितिले नदी किनारमा तटबन्धसहितको सडक निर्माणका लागि आवश्यक पर्ने नदीजनय पदार्थ उत्खनन गर्न अनुमति दिने निर्णय गरेको कँडेलले बताए । आयोजनाको क्याम्प तथा क्रसर प्लान्ट स्थापनाका लागि करिब चार बिघा जमिन भाडामा उपलब्ध गराइने उनको भनाइ छ ।
गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले नगरको भाडा निर्धारण समितिबाट यथोचित भाडा निर्धारण गरी कार्यालयले तोकेको स्थानमा क्याम्प तथा क्रसर प्लान्ट स्थापना गर्न सहमति प्रदान गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार