हुम्लाको स्वास्थ्यचौकीलाई ल्यापटप सहयोग
नेपालबहस संवाददाता
पुस २२, २०७९ शुक्रबार २०:२३:३४
२२ पुष, सिमकोट । हुम्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले मातहातमाका स्वास्थ्यचौकीलाई ल्यापटप र ट्याब उपलब्ध गराएको छ ।
ल्यापटप र ट्याबको प्रयोगबाट स्वास्थ्यचौकीबाट प्रदान हुने सबै सेवामा रिपोर्टिङ गर्न सहज हुने सिमकोट गाउँपालिका–७ डाँडाफया स्वास्थ्यचौकीका संयोजक सन्तोष बोहराले बताए । स्वास्थ्यचौकीबाट प्रदान हुने सबै प्रकारका सेवाको रिपोर्टिङ अनलाइनबाट गर्नुपर्ने भएकाले ल्यापटप अनिवार्य भएका बेला स्वास्थ्यचौकीलाई यी सामान उपलब्ध हुँदा अब जतिबेला र जुुन स्थानबाट पनि रिपोर्टिङ गर्न सकिने उनको भनाइ थियोे ।
उक्त स्वास्थ्यचौकीले एक÷एक थान ल्यापटप र ट्याब पाएको गाउँपालिका स्वास्थ्य संयोजक नर भण्डारीले बताए । स्वास्थ्यचौकीले आफ्नो प्रगति विवरण कम्प्युुटरमा प्रविष्ट गरेर अनलाइनबाट रिपोर्टिङ गर्नुपर्ने भएकाले स्वास्थ्यचौकीका संयोजकलाई ल्यापटप र ट्याबलेट उपलब्ध गराइएको उनले जानकारी दिए।
पालिकामा रहेका ठेहे, बरगाउँ, डाँडाफया र स्याँडा स्वास्थ्यचौकीलाई आठवटा ल्यापटप र ट्याब प्रदान गरिएको हो । यसअघि ल्यापटप नहुँदा दैनिक तथा मासिक रिपोर्टिङ गर्न स्वास्थ्यचौकीलाई कठिन हुँदै आएको थियो । उक्त गाउँपालिकाका सबै स्वास्थ्यचौकीमा इन्टरनेट सेवासमेत जडान भइसकेको छ ।
त्यसैगरी, स्वास्थ्य शाखाले १३ नर्सिङका स्वास्थ्यकर्मीलाई एक एक थान, झोला र टचलाइट पनि प्रदान गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार