५३ खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप
नेपालबहस संवाददाता
पुस २२, २०७९ शुक्रबार २१:३९:१९
२२ पुष, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पुष २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्ब दुई अर्ब निक्षेप सङ्कलन भएको हो ।
पुस १९ सम्म वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीसँग रु ५२ खर्ब ९५ अर्ब निक्षेप रहेकोमा पुस २० गते रु ५३ खर्ब २ अर्ब पुगेको हो ।
गत मंसिरको अन्तिमसम्ममा रु ५२ खर्ब हराहारीमा रहेको निक्षेप सङ्कलन पछिल्लो समय बढ्न थालेको हो । राष्ट्र बैंकको तथ्याङ्कअनुसार वाणिज्य बैंकमा मात्रै रु ४६ खर्ब ७५ अर्ब निक्षेप सङ्कलन भएको छ ।
पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थाले रु ४७ खर्ब ६७ अर्ब बराबरको कर्जा लगानी गरेका छन् । यस अवधिमा बैंक तथा वित्तीय संस्थाको औसत सिडी रेसियो ८६ दशमलव ५६ प्रतिशत छ । बैंकमा लगानीयोग्य रकम बढेकै कारण अन्तर बैंक सापटीको ब्याजदर पनि घटेर ६ दशमलव ८३ प्रतिशत पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १९, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीले संसद अधिवेशन नबोलाएर अध्यादेशमार्फत दल फुटाउने नीति लिएः माओवादी
पुष १९, २०८१ शुक्रबार
पर्यटकीयस्थल मुना मालिकाको प्रवर्द्धनका लागि पहल
पुष १९, २०८१ शुक्रबार
भन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान
पुष १९, २०८१ शुक्रबार
सामूहिक खेतीतर्फ आकर्षित सिसवोनीका दलित महिला
पुष १९, २०८१ शुक्रबार
काग्रेसले विभागहरुसँग माग्यो कार्ययोजना, फागुन मसान्तभित्र बुझाइसक्नुपर्ने
पुष १९, २०८१ शुक्रबार